Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा डिसेम्बर ३ मा नौँ किलोमिटर लामो दौड, उठेको रकम महिला हिंसाविरुद्धको अभियानलाई !

सिड्नीमा डिसेम्बर ३ मा नौँ किलोमिटर लामो दौड, उठेको रकम महिला हिंसाविरुद्धको अभियानलाई !


ब्रिजबेन । अष्ट्रेलियाको सिड्नीमा महिला हिंसाविरुद्धको अभियानका लागि सहयोग संकलनको उद्देश्यले आईएसआर फन वाल्क रनको आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको मानसिक स्वास्थ्य र आर्थिक सहायताका क्षेत्रमा क्रियाशिल आईआरएस फाण्डेशनले डिसेम्बर ३ तारेखमा खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय महिला विद्यार्थीमाथी हुने हिंसा रोक्ने अभियानमा सहयोग पुर्याउने उद्देश्यले यो दौड प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । पहिलो पटक दौड प्रतियोगिता मार्फत हिंसाविरुद्धको अभियानका लागि सहयोग संकलन गर्न लागेको आईआरएस फाण्डेशनले दौड प्रतियोगितालाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने योजना बनाएको छ ।

दौड सुरु हुने स्थान

डिसेम्बर ३ तारेख आइतवार विहान ९ बजेबाट लैङ्गिक हिंसा विरुद्धको पदयात्रा सुरु हुनेछ । किंग जर्ज पार्क, म्यानिङ सेन्ट, रोजेल, सिड्नीबाट सुरु हुने पदयात्रा आइरन कोभ ब्रिज सर्किटको ८ किलोमिटर पारे गरेर समापन हुनेछ । यो पदयात्रामा १२ वर्ष मुनिका बालबालिकाले शुल्क तिर्नुपर्दैन । बाँकी पारिवारिक सहभागिताका लागि एक सय अष्ट्रेलियन डलर, वयस्कका लागि ५० अष्ट्रेलिया डलर र बालबालिकाका लागि २८ डलर शुल्क तोकिएको छ ।

पदयात्राको रुट

आईआरएस फाण्डेशनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको मानसिक स्वास्थ्यका साथै आर्थिक सामाजिक सहयोगका क्षेत्रमा काम गर्दैआएको छ । अष्ट्रेलियाको पछिल्लो राष्ट्रिय जनगणनाले ६ जना महिला मध्ये एक जना, १६ जना पुरुषमध्ये १ जनामाथी घरेलु हिंसा हुनेगरेको देखाएको छ । हिंसाको यो डरलाग्दो अवस्थालाई कसरी न्युनिकरण गर्ने भन्ने अभियानमा पदयात्राबाट संकलित रकम खर्च गरिने, हिंसामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सहयोग गर्न पदयात्रामा सहभागि भैदिन आयोजकले सिड्नीसँगै अष्ट्रेलियामा बसोबास गर्नेहरुसँग आह्वान गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6