Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल आज, अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल आज, अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् । अष्ट्रेलिया र दक्षिण अफ्रिका बिचको खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट शुरु हुन लागेको हो ।

दुवै टिम एकदिवसीय खेलमा १ सय ९ पटक भिडेका छन् । जसमा साउथ अफ्रिकाले ५५ खेल जितेको छ । अष्ट्रेलिया ५० खेलमा विजयी छ । तीन खेल बराबरी र एक खेल नतिजा विहीन छ । साउथ अफ्रिकाले अष्ट्रेलियाविरुद्धका पछिल्ला ५ मध्ये ४ खेल जितेको छ । पछिल्लो फर्म हेर्दा अष्ट्रेलिया फाइनल पुग्ने सम्भावना बलियो देखिन्छ । आजको खेल जित्ने टोलीले उपाधिका लागि घरेलु टोली भारतसँग खेल्नेछ ।

बुधबारको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै १२ वर्षपछि भारत फाइनलमा पुगिसकेको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै र अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा पुगेको हुन । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ । (Image Source: Twitter)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6