Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन्, पछिल्ला प्रमुख ५ खबरहरु

नेपाल अपडेट : यस्ता छन्, पछिल्ला प्रमुख ५ खबरहरु


काठमाडौं । नेपालमा व्यवस्था विरुद्धको आन्दोलन देखि परिवर्तित व्यवस्था जोगाउनेसम्मका चासो चिन्ता सतहमा आएका छन् । रवि लामिछानेको मिसन ८४ देखि विगतका आफ्नै सहकर्मीले माग्न थालेको प्रधानमन्त्री प्रचण्डको राजीनामा लगायताका प्रमुख ५ खबरहरु पढौँ एकै ठाउमा ।

दुर्गा प्रसाईंको गणतन्त्र विरुद्धको आन्दोलन जारी
राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा दुर्गा प्रसाईं नेतृत्वमा जारी बिरोध प्रदर्शन छैटौं दिनसम्म पनि जारी रहेको छ । व्यवसायी दुर्गा प्रसाईं नतृत्वको महाअभियानको बिरोध प्रदर्शनमा बिवादित धर्म गुरु श्रीनिवास आचार्य समेत मिसीएका छन् । धर्मगुरु श्रीनिवासको अगुवाईमा काठमाडौंस्थित गौशालामा भएको सोमबारको आन्दोलनमा झडप समेत भयो । उनै धर्मगुरुसहित १४ जना पक्राउ परे । यसअघि यो समूहले व्यवसायी प्रसाईंको नेतृत्वमा ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा बिरोध प्रदर्शन गरेको थियो । मंसिर ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन जारी छ ।

गणतन्त्रबिरुद्धको आन्दोलन बिफल : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताउनुभएको छ । सामाजिक सुरक्षा कोषको पाँचौ वर्षगाठका अवशरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको बिरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएको उल्लेख गर्दै यी सबै प्रयास सफल नहुने बताउनुभएको हो । इतिहास जहिले पनि अग्रगमनतिरै अगाडी बढ्ने दाबी गर्दै प्रचण्डले परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेलसम्म कसैले पनि पछाडि फर्काउन नसक्ने दाबी गर्नुभयो ।

भत्ता कटौतीले संसद् चलाउन समस्या : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीको भत्ता कटौती हुँदा कार्यालय समयबाहेक अतिरिक्त समयमा संसद् चलाउन समस्या भएको बताउनुभएको छ । संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख घिमिरेले सरकारले संसद्को बजेट नियन्त्रण गरेका कारण समस्या भएको बताउनुभएको हो । सरकारी कार्यालयजस्तो नियमित कामकारबाही हुने ठाउँ र संसद्को प्रकृति फरक हुनेभन्दै सभामुख घिमिरेले अर्थमन्त्रीसँगै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराउनुभएको छ ।

मधेसको पीडालाई सम्बोधन गर्नुपर्छ :  सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशको पीडालाई सम्बोधन गर्न आफ्नो पार्टी अग्रसर हुने प्रतिवद्दता जनाउनुभएको छ । सोमवार महोत्तरीको जलेश्वरमा आयोजित पार्टी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकका क्रममा लामिछाने यस्तो प्रतिबद्धता गर्नुभएको हो । मधेशमा विद्यमान गरिवी, अशिक्षा, बेरोजगारीसहितको विभेद अन्त्य गर्नुपर्ने सन्देश दिनका लागि आफूहरुले पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा गरेको सभापति लामिछानेको भनाई थियो । आफ्नो पार्टीले मधेशलाई प्राथमिकतामा राखेको र सरकारलाई पनि प्राथमिकतामा राख्न आफूहरुको बैठकले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सोमवारबाट शुरु भएको बैठक बुधबार सम्पन्न हुनेछ ।

वर्तमान सरकार विघटन गर्नुपर्छ : सांसद प्रभु साह
आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धनको सरकार विघटन हुनुपर्ने बताउनुभएको छ । मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने शाहले जिकिर गर्नुभएको हो । पार्टी स्थायी समितिमा सम्बोधनका क्रममा अध्यक्ष साहले विचौलिया र दलालहरुको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो । मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने शाहको प्रश्ताव थियो । सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको दाबी गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी शाहले दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6