Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले गरे नेपालमा घुमघाम,अष्ट्रेलियाको हिस्सा पाँचौ

११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले गरे नेपालमा घुमघाम,अष्ट्रेलियाको हिस्सा पाँचौ


काठमाडौं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालमा आएर घुमघाम गरेका छन् । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्कअनुसार जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ पर्यटकले नेपाल भ्रमण गरेका हुन ।

पछिल्लो महिना नोभेम्बरमा मात्रै एक लाख ८६० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरए हुने देखिएको छ। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो ।

नेपाल घुम्ने पर्यटकमा भारतीय पहिलो,अष्ट्रेलियन पाँचौमा

नेपाल घुम्न आउने पर्यटकमा छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेशका बढी रहेको बोर्डको तथ्यांकले देखाएको छ ।पछिल्लो महिना नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आउनेको छ । भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट ११ हजार चार सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट सात हजार छ सय एक, बेलायतबाट छ हजार एक सय ३८ रहेका छन् ।

अष्ट्रेलियाबाट पाँच हजार ६० जना पछिल्लो एक महिनामा नेपाल आएका छन। अष्ट्रेलियामा नेपाली समुदाय बाक्लो बन्दा र नेपाल चिनाउने विभिन्न कार्यक्रमले निरन्तरता पाउँदा नेपालप्रति आकर्षित भएर घुम्न आउने अष्ट्रेलियनको संख्या बढ्दो क्रममा देखिएको छ । नेपाल घुम्न आउने अष्ट्रेलियनको संख्या पाँचौ नम्बरमा छ । यस्तै,  इल्याण्डबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलङ्काबाट तीन हजार दुई सय २८ र फ्रान्सबाट तीन हजार दुई सय पाँचजना पर्यटकले नोभेम्बरमा नेपाल घुमघाम गरेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6