Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटिकटक प्रतिवन्धको निर्णय पुनःविचार गर्ने प्रधानमन्त्री प्रचण्डको संकेत !

टिकटक प्रतिवन्धको निर्णय पुनःविचार गर्ने प्रधानमन्त्री प्रचण्डको संकेत !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले टिकटक प्रतिवन्धको निर्णय पुनःविचार गर्ने संकेत गर्नुभएको छ । सोमबार सिंहदरबारमा सम्पादकहरुसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकबाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने बताउँनुभएको हो ।

सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याउने तयारीमा रहेको जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘टिकटकबारे पनि पुनःविचार हुन्छ।’ अन्य सामाजिक सञ्जाल नियमन गर्नुपर्ने राय आएमा आफू तयार भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियोे । टिकटकबारे हरेकजसो राजनीतिक दलका बैठकमा कुरा हुने गरेको र सबैभन्दा बढी प्रतिपक्षी दलबाट कुरा आउने गरेको उहाँले सुनाउनुभयो । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले टिकटक कहिले बन्द गर्ने भनेर हरेक दिन सोध्ने गरेकाले केही गर्नुपर्छ भन्ने लागेर कदम चालेको प्रधानमन्त्री प्रचण्डले खुलासा गर्नुभयो ।

टिकटकले कतिपयलाई सकारात्मक सहयोग गरेपनि परिवार समाज सबैतिर देखिएको बेचैनी भने हटेको महशुस गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । बन्द गरिहाल्नुपर्ने थियो र गरियो,एउटा तरंग पैदा गरेको कदम अब नयाँ शिराबाट अघि बढ्छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6