Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखरामा सडक महोत्सवको उत्सव,५ दिन सडकमै खाने सडकमै रमाउने अवसर !

पोखरामा सडक महोत्सवको उत्सव,५ दिन सडकमै खाने सडकमै रमाउने अवसर !


काठमाडौं । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराकाे आयाेजनामा बिहीवारदेखि पोखरामा सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै शुरु भएको महाेत्सवकाे पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको थियो ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित २५ वर्षदेखि पोखराको लेकसाइडको झन्डै तीन किलोमिटर क्षेत्रमा सडक महोत्सवले निरन्तरता पाउदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु नाच, मयुर नाच लगायत विभिन्न प्रदेशका सांस्कृतिक कार्यक्रम अवलोकन गर्न सकिने महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिनुभएको छ । माैलिक भेषभुषाकाे प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिबल प्रतियोगिता, वाटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रदर्शनसहितका कार्यक्रम महोत्सवमा आकर्षण बन्नेछन ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यही पुस १६ गतेसम्म आयोजना हुने महोत्सवमा झन्डै पाँच लाखकाे सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

महाेत्सवका लागि लेकसाइड आकर्षक ढङ्गले सिँगारिएकाे छ । अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा २५ वर्ष पहिले सडक महाेत्सवका शुरुवात भएकाे थियो । जुन अभियानले अहिलेसम्म पनि निरन्तरता पाउदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6