Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाइ : नेपाली विद्यार्थी समेत मारमा,अब के गर्ने ?

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाइ : नेपाली विद्यार्थी समेत मारमा,अब के गर्ने ?


ब्रिजबेन । अष्ट्रेलियन सरकारले आफ्नो शिक्षा नीति तथा कार्यक्रममा सार्वजनिक गरेको पछिल्लो आप्रवासन रणनीतिका कारण ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु मारमा पर्ने भएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने र सेवासुविधामा कटौती गर्ने निर्णय लिइएको आप्रवासन रणनीतिले अहिले नेपाली विद्यार्थीहरूमा पनि त्रासदीको वातावरण पैदा भएको छ ।

हुनत अष्ट्रेलिया लो स्किल्ड होइन, हाई स्किल्ड माइग्रेसन मात्रै भित्र्याउने रणनीतिमा रहेको चर्चा ३/४ वर्ष अघिदेखि नै चल्दैआएको थियोे । उच्च शिक्षा अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीको पढाइ र काम गराइमा तालमेल नभएका धेरै भन्दा धेरै प्रमाण र गुनासोका कारण अहिले सरकार अन्तर्राष्ट्रिय विद्यार्थीका तथ्यांक खोतल्न अग्रसर देखिएको छ । पछिल्लो आप्रवासन रणनीतिका कारण केही नेपाली विद्यार्थीहरूको प्रवेशाज्ञा रद्द भएको र कयैनमाथि प्रश्न उठेपछि उच्च शिक्षाका क्रममा अष्ट्रेलियामा रहेका धेरै विद्यार्थीहरू त्रासदीमा देखिएका छन् अष्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले अस्ट्रेलियाको संघीय सरकारको दश वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्दैगर्दा आगामी केही वर्ष विदेशी विद्यार्थीको संख्या नबढाउने योजनामा रहेको बताउनुभएको थियो । नयाँ वर्षको सुरूदेखि नर्सिङमा काम गर्ने विद्यार्थीहरूको समेत काम गर्ने समयसीमा तोकिएपछि हजारौं विद्यार्थी प्रभावित हुन थालेका छन । चीन र भारतजस्ता देशहरूसँगै तुलना गर्दा समेत नेपाली विद्यार्थीले अष्ट्रेलियाको अर्थतन्त्रमा ठूलो योगदान दिदै आएका छन् ।

अब कसरी जोखिम बहन गर्ने त ?
नोभा एजुकेसन ब्रिजबेनका रजिष्टर्ड माईग्रेसन एजेन्ट नारायण कोईराला अध्ययनका बिधा र सरकारले गरेका कडाइका विषयमा विशेष ध्यान दिएर अष्ट्रेलिया पढाईको योजना बनाउन सुझाब दिनुहुन्छ । हाई स्किल्ड माइग्रेसनमा जोड दिईएकाले पढाइमा फोकस हुन, आफुलाई दक्ष बनाउन र आवश्यक कागजात, आम्दानीको वास्तविक श्रोत , सहिसत्य कागजातको साहारा लिएर अघि बढ्न कोईराला आग्रह गर्नुहुन्छ । यता, ताजमानियाकी रजिष्टर्ड माईग्रेसन एजेन्ट पुनम पन्त अध्ययनरत विद्यार्थीलाई पढाइमा विशेष ध्यान दिन र तोकिएको समयअवधि मात्रै काम गर्न सुझाब दिनुहुन्छ । जसरी पनि पैसा कमाउने नभई आफ्नो पढाइ अनि कार्यगत क्षमताकै क्षेत्रमा काम गर्न, कानुनी विश्वसनीयता बढाउन उहाँको सुझाव छ ।

सिड्नीको प्रतिष्ठित विश्वविद्यालय युएनएसडब्लुका प्राध्यापक कृष्ण श्रेष्ठ कोभिडको समयमा भिसा दुरूपयोग भएको, विद्यार्थीले नपढेको लगायत विषयमा भएको समीक्षापछि रणनीति फेरिएको बताउनुहुन्छ । अष्ट्रेलिया आएर विद्यार्थीले कोर्ष हपिङ (अप्लाइ गरेकोभन्दा फरक कोर्स पढ्ने), कलेज बदल्ने, नपढ्ने (कलेजमा उपस्थिति असाध्यै कम हुने), काम मात्रै गर्ने लगायतका धेरै गल्ती गरेकाले अब करेक्सनको बाटोमा अघि बढनुपर्ने सुझाब दिनुहुन्छ । कोरोनाको बेला विद्यार्थीलाई काम गर्न धेरै नै खुला गरिएको थियो । यो अवधिको डेढ वर्षमै ५ लाख १० हजार विद्यार्थी अस्ट्रेलिया प्रवेश गरेका थिए । कोभिडको समयमा अष्ट्रेलिया भित्रिएका धेरै विद्यार्थीले पढेनन्। खासगरी नेपाली र इन्डियन विद्यार्थीकै कारण र दक्ष जनशक्ति मात्रै तान्ने रणनीतिका रुपमा पछिल्लो नीति आएको देखिन्छ ।

हिजो कामदारको आवश्यकता हुँदा त्यही अनुरूप विद्यार्थीका लागि पनि सुविधा थपेको सरकार अवस्था फेरिएपछि, विदेशी विद्यार्थीको चाप बढेपछि दक्ष जनशक्ति तान्ने रणनीतिमा देखीएको छ । अब नेपाली विद्यार्थीहरूले जोगिएर नियमसंगत पढाइलाई फोकस गर्ने र सरकारले तोकेको समयसीमाको काम मात्रै गर्नुपर्छ । महंगो पढाइ , काम र बसाइको खर्चिलो व्यवस्थापन गर्न प्राय: नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलियन सरकारले तोकेको साताको २४ घन्टे नीतिबाट मुस्किल हुने देखिन्छ । तर, पढ्न भनेर आएपछि पढाइभन्दा काम र पैसालाई बढी प्राथमिकता दिन नहुने, अध्ययन सकेपछि आउने अवसर सदुपयोग गर्दै आफ्नो करिअरलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन अष्ट्रेलियन शैक्षिक एजेन्टहरूको छाता संगठन एकाले समेत सुझाव दिदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6