Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsझन्डै आधा नेपालीसँग राष्ट्रिय परिचयपत्र नम्बर, कार्ड पाउने कहिले ?

झन्डै आधा नेपालीसँग राष्ट्रिय परिचयपत्र नम्बर, कार्ड पाउने कहिले ?


काठमाडौं । झन्डै आधा नेपालीले राष्ट्रिय परिचयपत्र नम्बर लिएका छन्। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत बुधवारसम्म एक करोड ३६ लाख ८७ हजार ७२३ ले राष्ट्रिय परिचयपत्र नम्बर लिएकाे जानकारी दिएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकोमा कुल जनसाङ्ख्यको ४६.८८ प्रतिशतले राष्ट्रिय परिचय पत्र नम्बर लिएका छन् । गत वर्षको कात्तिक मसान्तसम्म ९९ लाख ५५ हजारले नम्बर लिएकाेमा गएको एक वर्षको अवधिमा मात्रै ३७ लाख ३२ हजार थपिएका छन्। पछिल्लो एक वर्षमा मात्रै ३७ प्रतिशतले परिचय पत्र नम्बर लिएका छन । ०७८ साउनदेखि राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र नम्बर लिनेको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । बायोमेट्रिक विवरण उपलब्ध गराए लगत्तै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराइन्छ, अनि यही नम्बरका आधारमा राहदानी बनाउन सकिन्छ । परिचयपत्र नम्बर लिनेको संख्या बढे पनि परिचयपत्र वितरणको गति भने निकै सुस्त छ । विभागका अनुसार बुधवारसम्म २४ लाख ७४ हजार ५२३ ले मात्रै परिचय पत्र पाएका छन्। यो तथ्यांक अनुसार परिचयपत्र नम्बर लिनेको तुलनामा १८.०७ प्रतिशतको हातमा मात्रै परिचयपत्र पुगेको छ । छपाईको गति हेर्दा अहिलेसम्म नम्बर लिएकाले कार्ड पाउन नै केही वर्ष लाग्ने देखिएको छ ।

आर्थिक वर्ष ०६६/६७ मा सरकारले आफ्नो नीति तथा कार्यक्रम राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी योजना अघि सारेको थियो । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको ०६७ मा स्थापना भएपछि राष्ट्रिय परिचयपत्र वितरणले गति पायो । सुरुवाती दिनमा एडिबीले एक लाख १७ हजार कार्ड छपाईको लागि अनुदान प्लिएको सरकाले अहिले आफै खर्च गर्दै आएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6