Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीपमाथी आज सजाय निर्धारण हुँदै, कति वर्षका लागि जालान जेल ?

क्रिकेटर सन्दीपमाथी आज सजाय निर्धारण हुँदै, कति वर्षका लागि जालान जेल ?


काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्धामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथी आज सजाय निर्धारण हुँदैछ । तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा आरोपित कसुरदार ठहरिएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाका आधारमा आज सजाय र क्षतिपुर्ती निर्धारणको फैशला हुन लागेको हो ।

सुनुवाइ गर्नुअघि पीडितको अवस्था, आरोपितको पृष्ठभूमि लगायतका विवरण सहित कसुर निर्धारण पूर्वको प्रतिवेदन तयार गरिएको छ । दुवै पक्षले पेश गरेको प्रतिवेदनका आधारमा सुनुवाइ गरी न्यायाधीशले सजाय सुनाउँनेछन् । बुधबारको सुनुवाइका लागि मुद्दाका पक्षहरुले जिल्ला अदालतमा प्रतिवेदन बुझाइसकेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेकाले यहि इजलासबाट सजाय र क्षतिपुर्ती निर्धारणको फैशला हुनेछ ।

यस्तो हुनसक्छ सन्दीपमाथी सजाय
जिल्ला अदालतले लिएको फैशलाको आधार अनुसार सन्दीपलाई कम्तिमा ७ देखि १० वर्ष कैद सजाय हुनसक्छ । अधिकतम भन्दा न्युनतम सजाय तोकिनेमा सन्दीप पक्षका कानुन व्यवसायी र उनका समर्थकहरु रहेका छन् । यता, पीडितका कानून व्यवसायीहरुले भने सन्दीप सार्वजनिक ओहोदामा रहेकाले कम्तिमा साढे १० देखि बढीमा १५ वर्ष सजाय हुनुपर्ने माग गरेका छन्। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५(२) (ङ) अनुसार लामिछानेलाई सजाय तोक्नुपर्ने माग पीडित पक्षको छ । यो व्यवस्थामा भनिएको छ, ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसुर गर्ने कसुरदारलाई त्यस्तो कसुरमा हुने सजायको डेढी सजाय ।’ हुनेछ ।

घटनापछि सन्दीप लामिछानेले कुनै पश्चाताप व्यक्त नगरेको, विभिन्न रुपमा पीडितबाट साइबर आक्रमण बढाएको र पीडितको मानसिक क्षति भएको भन्दै कानून व्यवसायीहरुले अधिकतम क्षतिपूर्तिको माग समेत गरेका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी भई राष्ट्रिय क्रिकेट टिमको कप्तान भएकोमा पदको दुरुपयोग गरी खेल समर्थक पीडित उपर कसुर गरेको दाबी गरिएको छ ।

यता, बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गर्दा बलात्कार मुद्दामा दोषी ठहर भएसँगै सन्दीप लामिछानेको कप्तानी हटाएर रित गौतमलाई कप्तानको जिम्मेवारी दिएको छ । नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म गर्दैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6