Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीपमाथी ८ बर्ष जेल सजाय, पीडितलाई ५ लाख क्षतिपूर्ति दिन आदेश !

क्रिकेटर सन्दीपमाथी ८ बर्ष जेल सजाय, पीडितलाई ५ लाख क्षतिपूर्ति दिन आदेश !


काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने फैशला सुनाएको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितलाई ५ लाख रुपैंया क्षतिपूर्ति भराउनुपर्ने आदेशसहित ८ वर्ष कैदको सजाय सुनाएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ढकालकै इजलासबाट गत साता मात्रै बलात्कार मुद्धामा क्रिकेटर सन्दीप दोषी ठहर भएका थिए । तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा आरोपित कसुरदार ठहरिएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाका आधारमा आज सजाय र क्षतिपुर्ती निर्धारणको फैशला आएको छ । गत वर्षको भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै परिवर्तिन नाम (गौशाला २६) उजुरी बोकेर प्रहरी वृत्त गौशला पुगेकी थिइन ।

सन्दीप लामिछाने उच्च अदालत जाने
यता, काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने बताउनुभएको हो । बुधवार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गर्नुभएका घिमिरेले सन्दीप आफैले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6