Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदुर्घटनामा परेर सिड्नीमा २ युवाको मृत्यु !

दुर्घटनामा परेर सिड्नीमा २ युवाको मृत्यु !


ब्रिजबेन । नर्थ-वेस्ट सिड्नीमा गएराति भएको दुर्घटनामा परेर दुई युवाको ज्यान गएको छ। म्याकग्राथ्स हिलको विन्डसर रोडमा रहेको बिजुलीको पोलमा गाडी ठोक्किएर भएको दुर्घटनामा दुई युवाको ज्यान गएको हो ।

आईतबार राति ९:४५ बजेतिर दुर्घटना भएको सिड्नी प्रहरीले जानकारी दिएको छ । दुबै युवाको घटनास्थलमै मृत्यु भएको पाइएको छ । १७ वर्षीय चालकलाई छाती र आन्तरिक चोटहरूको लागि प्यारामेडिकहरूले घटनास्थलमा उपचार गरेर गम्भीर अवस्थामा वेस्टमीड अस्पताल लगिएको छ । चालकको अवस्था स्थिर रहेको बताइएको छ ।

निसान र फोर्ड फाल्कन सेडान गाडी सडक छोडेर पोलमा ठोक्कनु अघि नै एक आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ। फाल्कनका चालकले नै गाडी रोकेर घटना बारे जानकारी गराउदै ००० मार्फत मद्दत माग्नुभएको थियो ।

यो दुर्घटना तिब्र गतिका कारण भएको प्रारम्भिक आँकलन प्रहरीको छ । तपाईं पनि सडक यात्रामा निस्किदै हुनुहुन्छ भने आवश्यक नियमको पालनासहित सचेत भएर सवारी चलाउनुहोस । सामान्य कमजोरीले जीवन जाने र अंगभंगको पीडादायी जोखिमबाट बच्नुहोस् । pic credit 9news



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6