Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफेरियो ओलीको बोली : मिसन ०८४ बाट ब्याक, अब आन्दोलनको रटान !

फेरियो ओलीको बोली : मिसन ०८४ बाट ब्याक, अब आन्दोलनको रटान !


काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मिसन ८४ पर्खिन नसक्ने अवस्था आउने भन्दै आन्दोलनको कुरा गर्न थाल्नुभएको छ । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा ओलीले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्मको पहलसहित आन्दोलनमा जानुपर्ने दाबी गर्नुभएको हो ।

‘‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उहाँले भन्नुभयो, ‘उस्तै प¥यो भने गठबन्धन भत्काएर ‘लोभीपापीहरु नभत्किन सक्छन्, जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ, पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिदै एमाले अध्यक्ष ओलीले भन्नुभयो । यसअघि मिसन ८४ भन्दै चार वर्षपछिको आम चुनावको तयारीका लागि कार्यकर्तालाई सतर्क हुन अपिल गर्ने ओली आखिर किन आन्दोलनको मोडमा मोडिनुभयो त ? धेरैले चासो व्यक्त गर्न थालेका छन् । एमाले अध्यक्ष ओलीकै नेतृत्व र पहलमा यसै वर्ष मिसन ग्रासरुट्स र झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाड समृद्धि यात्रा आयोजना भयो । मधेसको सिरहास्थित सर्रे अम्बासमा बैठक डाक्नेदेखि गैरराजनीतिक महत्वका अन्य कार्यक्रममा जोड दिँदा एमाले अध्यक्षको मक्सद चुनावतिरै लक्षित भएको आँकलन गरिदै थियो । तर बुधबार र बिहिबार भने चुनाव भनेर पर्खिन नसक्ने अवस्था उत्पन्न हुन सक्ने भन्दै आन्दोलनको संकेत ओलीले गरेपछि प्रतिपक्षीको भुमिका निभाउन खोजीको रुपमा समेत टिकाटिप्पणी गर्न थालिएको छ ।

राष्ट्रिय एकता र स्वाभिमानमाथि आक्रमण बढ्दै जाँदा सरकार मुकदर्शक बनेको भन्दै ओलीले तत्कालै आन्दोलनमा जानुपर्ने खाँचो औल्याउदैगर्दा प्रतिपक्ष कता हरायो भनेर आम रुपमै खोजी भएको प्रतिक्रिया समेत भन्न थालिएको छ । पार्टी कार्यकर्तालाई सक्रिय बनाइराखेर अर्को चुनावकै तयारीस्वरुप ओलीले आन्दोलनको बोली बोलेको विश्लेषक प्राडा सुरेन्द्र केसी बताउनुहुन्छ । ‘जतिसुकै आन्दोलनका गफ दिए पनि संसदीय प्रणालीमा संसदभित्रका गतिविधि र भूमिकाबाहेक अरु कुनै पनि गतिविधि निर्णायक नहुने, संसदको दोस्रो ठूलो पार्टीका लागि सडकमा गएर आन्दोलन गर्ने बहस नै बेकार हुने प्राध्यापक पिताम्बर शर्मा बताउनुहुन्छ ।

सत्तापक्षबाट प्रतिपक्ष बन्नुपरेको पीडाबोधलाई छाड्ने हो भने एमालेसँग कुनै ठोस राजनीतिक अडान नभएको टिकाटिप्पणी समेत भैरहेको छ । संसदीय समितिहरुमा, ऐनकानुनहरुको निर्माणमा, ठूला काण्डहरुमा प्रतिपक्षीले देखाउनुपर्ने भूमिका एमालेले कतै नदेखाएको भन्दै आलोचना झेल्नुपरेको विगतबाट ओलीको आन्दोलन कसरी अघि बढ्छ धेरैले चासोसहित कुरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6