Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरवीको रास्वपामा गुटबन्दी गर्न बन्देज, यस्तो बन्यो पार्टी सदस्यका लागि आचारसंहिता !

रवीको रास्वपामा गुटबन्दी गर्न बन्देज, यस्तो बन्यो पार्टी सदस्यका लागि आचारसंहिता !


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक रुपमा पार्टीलाई कमजोर बनाउने गतिबिधि रोक्ने गरि पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पास गरेको छ। पार्टीमा समूहगत रुपमा गुटबन्दी गर्न बन्देज लगाउनेगरि आचारसंहिता तयार पारेर पारित गरेको महामन्त्री मुकुल ढकालले जानकारि दिनुभएको हो ।

‘आफूलाई चित्त नबुझेको कुरा व्यक्ति–व्यक्तिले स्वतन्त्र रुपमा राख्न पाउने छुट दिइएको आचारसंहितामा सामूहिक रूपमा माग राख्न बन्देज लगाइएको छ । सामूहिक रूपमा माग राख्ने कुरालाई गुटगत गतिविधिको रूपमा व्याख्या गरिएको छ । पार्टी सदस्यहरूले फरक मत राख्न पाउने भएपनि यो पार्टी खत्तम, पुरानै जस्तो आदी ईत्याधी अभिव्यक्तिका आधारमा पार्टीको छविमा आँच आउने अभिव्यक्ति दिन पनि आचारसंहिताले बन्देज लगाएको महामन्त्री ढकालले बताउनुभयो । विदेशीसँग भेटवार्ता गर्दा समेत पार्टीबाट अनुमति लिएर मात्र गर्न पाइने नभए कारबाही हुने कुरा आचारसंहितामा उल्लेख गरिएको छ । केन्द्रीय समितिको निर्णयविना केन्द्रदेखि वडा तहसम्म कुनै पनि भागबन्डामा सामेल हुन नपाईनेगरी बन्देज लगाइएको छ । यसले निर्णयको अधिकार केन्द्रीकृत गरेको छ ।

पार्टीका केन्द्रीय पदाधिकारीदेखि सदस्यसम्मलाई एउटै व्यवस्था लागू हुने गरी आचारसंहिता पास गरिएको बताइएको छ । पार्टीको अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले तयार पारेको पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता केन्द्रीय समिति मार्फत केही केही हेरफेर गरेपछि पारित गरिएको हो ।


ट्याग : #आचारसंहिता, #गुटबन्दी गर्न बन्देज, #रवी लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6