Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराजश्व अनुसन्धानको एक्सन : कपडा व्यवसायी नरेश अग्रवाल पक्राउ !

राजश्व अनुसन्धानको एक्सन : कपडा व्यवसायी नरेश अग्रवाल पक्राउ !


काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड बढी रकमसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका अनुसार अवैध रकमसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु रहेका छन् ।

कपडा व्यवसायी अग्रवाल र उनको समुहको कारोबार लगायतका गतिबिधिमा राजश्वले निगरानी गरेर पक्राउ गर्न सफल भएको हो । विभागले बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरेको छ । अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको आशंका गरिएको छ । अनुसन्धान समेत यतैतर्फ सोझिएको छ ।

शुक्रबार पक्राउ परेकाहरुविरुद्ध हिरासतमा राख्न म्याद लिएको विभागको थप अनुसन्धान गरिरहेको छ । अग्रवाल र उनको समूहको कारोबारमाथी निगरानी गरिरहेको विभाग उनको घरमा पुगेपछि श्रोत नखुलेको करोडौँ रकमसहित पक्राउ गर्न सफल भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6