Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब अधिकांश आन्तरिक उडानका जहाजको रात्रि बिसान काठमाडौं बाहिर, कारण यस्तो !

अब अधिकांश आन्तरिक उडानका जहाजको रात्रि बिसान काठमाडौं बाहिर, कारण यस्तो !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउन एक वर्षअघि गरिएको निर्णय कडाइसाथ कार्यान्वयन गरिने भएको छ । पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर काठमाडौँमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले नियम कार्यान्वयनमा पुनः कडाइ गर्ने भएको हो ।

निर्णयअनुरुप वायुसेवा कम्पनीले केही समय जहाज काठमाडौं बाहिरका विमानस्थलमा राखेर काठमाडौंका लागि पहिलो उडान सञ्चालन गर्दै आएका पनि थिए तर अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिइएको भएपनि पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्दा भीडभाड भएकोले थप कडाइ गरेर व्यवस्थित गर्न लागिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौँ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी काठमाडौँबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो । एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकेर काठमाडौँबाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको थियोे । यो निर्णयले उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम कम हुने र काठमाडौं आउने यात्रुलाई सहज हुने विश्वास गरिएको छ ।

निजी क्षेत्रका बुद्ध एयरको छ, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय प्राधिकरणले गरेको छ । यी बाहेकका जहाज अब काठमाडौं बाहिर नै रात्रि बिसान गर्नुपर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6