Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविद्यार्थी संख्यामा भारि कटौती गर्ने क्यानडाको घोषणा, स्नातक पढ्न जाने विद्यार्थी मारमा

विद्यार्थी संख्यामा भारि कटौती गर्ने क्यानडाको घोषणा, स्नातक पढ्न जाने विद्यार्थी मारमा

यस्तो पर्नेछ नेपाली विद्यार्थीमा प्रभाव !


 । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा ३५ प्रतिशत कटौती गर्ने घोषणा गरेको छ । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरको नयाँ घोषणाबाट लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू मात्रै अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउने भएका हुन् ।

नयाँ नीतिका कारण सन् २०२३ को तुलनामा यो वर्ष ३५ प्रतिशतले विद्यार्थी संख्यामा कमी आउनेछ । सन् २०२५ को भने सन् २०२४ को स्थिति मूल्याङ्कन पछि संख्या तोकिने भएको छ । सन् २०२२ अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये आधाभन्दा बढी पुगेको अन्टारियो लगायतका केही प्रान्तमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी कटौती हुने भएको छ । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको थियोे । क्यानडाका अध्यागमन मन्त्री मिलरले विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा आवास, यातायात लगायतका सेवाहरूमा समस्या देखिएकाे, रोजगारीका समस्या पनि बढेकाले व्यवस्थित गर्न नयाँ कदम चालिएको बताउनुभएको छ ।

क्यानडाको संविधानअनुसार शिक्षा प्रादेशिक सरकार अन्तर्गत रहन्छ । यसमा पोस्ट सेकेन्डरी शिक्षा पनि समावेश छ । यसअनुरूप अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वीकार गर्ने शैक्षिक संस्था छनौट सबै प्रान्तीय सरकारबाट हुने गर्दछ । संघीय सरकारले कमजोर शैक्षिक गुणस्तर र बढ्दो विद्यार्थीको संख्याका कारण चाल्न लागेको कदममा प्रान्तीय सरकार समेत सहमत रहेको बताइएको छ ।

यस्तो छ नयाँ नीति
नयाँ नीतिअनुसार स्नातक र कलेज प्रोग्रामहरूमा अध्यनरत विद्यार्थीका डिपेन्डेन्ट (जीवनसाथीहरू) ओपन वर्क पर्मिट अनुमतिको लागि आवेदन दिन अयोग्य हुनेछन् । अब प्रत्येक प्रान्त र क्षेत्रहरूले दुई वर्षका लागि आईआरसीसीबाट २ वर्षको लागि सीमित संख्याको कोटा पाउनेछन् । यो कोटा स्वीकृति प्राप्त शैक्षिक संस्थाहरूबीच बाँडिनेछ । यता, २०२४ जनवरी २२ देखि विद्यार्थी भिसाको लागि आईआरसीसीमा आवेदन दिने विद्यार्थीहरूले उनीहरूको योग्यता पुष्टि गर्ने प्रान्त वा क्षेत्रबाट आएको पत्र समेत समावेश गर्नुपर्छ। प्रान्त र क्षेत्रहरूले २०२४ मार्च ३१ सम्ममा विद्यार्थीहरूलाई यस्ता पत्र दिने प्रणाली व्यवस्थित गरिसक्नुपर्ने नयाँ नीतिमा भनिएको छ । २०२४ सेप्टेम्बर १ देखि पाठ्यक्रम इजाजतपत्र प्रबन्ध अन्तर्गत अध्ययन सुरु गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्नातक तहको अध्ययन सकेपछि स्नातकोत्तर वर्क पर्मिटको लागि योग्य नहुने भएका छन् ।

मन्त्री मिलरले कतिपय शैक्षिक संस्थाहरूले कमजोर शिक्षा प्रदान गर्नै अधिकतम् शुल्क लिइरहेकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै नयाँ संख्या सीमाको प्रभाव पोस्ट सेकेन्डरी (स्नातक) विद्यार्थीहरूलाई मात्र लागु हुने बताउनुभएको छ ।

नेपाली विद्यार्थीलाई यस्तो प्रभाव
क्यानडा सरकारले केही हप्तापछि ओपन वर्क परमिट स्नातकोत्तर र डक्टरल कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका जीवनसाथीहरू र चिकित्सा तथा कानुन जस्ता व्यावसायिक कार्यक्रमहरू अध्ययन गर्न आउनेहरूका लागि मात्र उपलब्ध गराउने भएसँगै नेपाली विद्यार्थी समेत मारमा पर्ने भएका छन् । नेपालबाट क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीले कम्तिमा स्नातक तहको अध्ययन सकेर मात्रै अप्लाई गर्नु उपयुक्त हुने सुझाब क्यानेडियन इमिग्रेसन कन्सल्ट्यान्टहरुले दिएका छन् । नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा समय लाग्ने भएकाले अहिले तत्काल प्रक्रियामा रहेका नेपाली विद्यार्थीले भिसा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउदा समस्या नहुने सुझाब कतिपयको छ ।

स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि भने नयाँ नीतिले कुनै प्रभाव पार्नेछैन । अब क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीले सरकारी क्याम्पस वा विश्वविद्यालय छनोट गर्नु राम्रो हुने सुझाब शैक्षिक परामर्श दाताहरूको छ । यता, अष्ट्रेलियामा समेत बारम्बार फेरिने नीतिले निम्न मध्यम आयस्रोत भएका परिवारका विद्यार्थी मारमा पर्दै आएका छन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6