Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्यानडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई विदेशीसहित ६ जना प्रहरी खोरमा ! 

क्यानडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई विदेशीसहित ६ जना प्रहरी खोरमा ! 


काठमाडौं, कास्की । क्यानडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई विदेशीसहित छ जना कास्की प्रहरीको फन्दामा परेकाछन् । क्यानडा लैजाने प्रलोभन देखाएर बुधबार पोखरा महानगरपालिका–१० बुद्धचोकमा रहेको एक होटलमा अन्तर्वार्ताका लागि बोलाएको सूचनाका आधारमा प्रहरीले ठगिमा संलग्न गिरोहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रवणकुमार विकका अनुसार  पोखरा–१३ पाटनबेसीकी ६५ वर्षीया पार्वती सुनारले ‘मेरो छोरी क्यानडामा छ, सिधै भिसा निकालेर राम्रो काममा लगाइदिन्छे’ भनी विभिन्न व्यक्तिहरूसँग पैसा उठाएर अन्तर्वार्ताका लागि बोलाएकि थिइन् । ठगिको योजनामा सहभागी भएको आधारमा पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ की सीमा सुनार, काठमाण्डौको कलङ्की बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाको अलबर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राजेश जैसवाल र भारतको मध्य प्रदेशका ३२ वर्षीय इस्मित कौर समेत पक्राउ परेका छन् ।

क्यानडा जान प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र त्यो रकम अन्तर्वार्ता पास भएपछि दिनुपर्ने बताईएको थियोे । यो गिरोहले अन्तर्वार्ताका लागि भन्दै प्रतिव्यक्ति दुई हजार रुपैयाँ असुली गर्दै आएको थियो । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6