Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवित्तीय संस्थाको सहभागिता विनै ऋण लेनदेन गर्न मिल्ने अनलाइन प्लेटफर्मको तयारीमा नेपाल राष्ट्र बैंक

वित्तीय संस्थाको सहभागिता विनै ऋण लेनदेन गर्न मिल्ने अनलाइन प्लेटफर्मको तयारीमा नेपाल राष्ट्र बैंक


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सहभागिता विना नै ऋण लेनदेन गर्न मिल्ने गरी अनलाइन प्लेटफर्मको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुशरण गर्दै  पियर–टु–पियर अर्थात् पीटुपी प्लेटफर्म सञ्चालन गर्ने तयारी राष्ट्र बैंकले थालेको हो ।

दुईभन्दा बढी ऋणीले कुनै एक व्यक्तिलाई ऋण दिन सक्ने गरी पियर–टु–पियर अर्थात् पीटुपी प्लेटफर्म सञ्चालन गर्न सकिने राष्ट्र बैंकको अध्ययनले देखाएसँगै तयारी  थालिएको बताइएको छ । यो अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्नसक्नेछन् । यसमा लगानी गर्न चाहने र लगानी लिन चाहनेबीचको समझदारीका आधारमा लेनदेन हुनेछ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनअनुसार पहिलो चरणमा साना कर्जा लेनदेन हुने गरी प्लेटफर्मको लाइसेन्स दिन सकिने गृहकार्य भैरहेको छ । व्यक्तिगत रूपमा ऋण दिन र लिन चाहने दुवै व्यक्तिले यो माध्यममा एकाउन्ट खोल्न सक्नेछन् ।

लगानीका अरु क्षेत्रमा कम प्रतिफल दिने अवस्था र बैंकमा निक्षेपको ब्याजदरसमेत कम रहेको अवस्थामा पैसा हुनेले यस्तो माध्यम प्रयोग गरी ऋणमा लगाउन सक्ने विश्वास गरिएको छ । पियर–टु–पियर अर्थात् पीटुपी प्लेटफर्म मार्फत होल्ड भएर बस्ने स-सानो पुँजी समेत परिचालन हुने सम्भावना अधिक रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6