Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफेब्रुअरी ४, विश्व क्यान्सर दिवस : नेपालमा देखिदैछ डरलाग्दो जोखिम !

फेब्रुअरी ४, विश्व क्यान्सर दिवस : नेपालमा देखिदैछ डरलाग्दो जोखिम !


काठमाडौं । फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै गर्दा नेपालमा भने क्यान्सरको जोखिम डरलाग्दो देखिदैछ । दिवसका दिन एकदिन मात्रै भएपनि क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरिन्छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी–डब्ल्यूएचओ)’ ले सार्वजनिक गरेको पछिल्लो अध्ययनले नेपालमा क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान सार्वजनिक गरेको छ ।

हाल नेपालमा करिब २२ हजार क्यान्सर रोगी रहेको तथ्यांक राखेको विश्व स्वास्थ्य संगठनले यो संख्या सन् २०५० सम्ममा करिब ४२ हजार पुग्ने आँकलन गरेको छ । विश्व स्वास्थ्य संगठन, फ्रान्समा कार्यरत नेपाली वैज्ञानिक डा. दिपेन्द्र सिंह क्यान्सर निदान भएकामध्ये ९९ प्रतिशतमा क्यान्सरको मृत्युदर बढ्ने अनुमान रहेको बताउनुहुन्छ । पछिल्लो अध्ययन अनुसार मृत्युदर पुरुषमा १०८ प्रतिशत र महिला ९० प्रतिशत पुग्ने अनुमान रहेको छ । सान २०२२ को फेब्रुअरी १ मा सार्वजनिक रिपोर्टअनुसार विश्वभर २० मिलियन (२ करोड) नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९.७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरका कारण भएको छ । नेपालमा सन् २०२२ मा अनुमानित २१ हजार ७६६ क्यान्सरका विरामी रहेकोमा १४ हजार ६०० जनाको मृत्यु क्यान्सरले भएको छ । डा. सिंह हरेक १ लाख नेपालीमध्ये ८१ जनामा क्यान्सर निदान भएको र क्यान्सर निदान भएकामध्ये ५५ जनाको मृत्यु भएको बताउनुहुन्छ ।

नेपालमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर र पाठेघरको मुखको क्यान्सरको समस्या बढी देखिएको छ । साथै नेपालमा मृत्यु गराउने प्रमुख क्यान्सरहरुमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर नै रहेका छन् । अझ डरलाग्दो कुरा त नेपालमा पाठेघर मुखको क्यान्सरबाट हरेक वर्ष दुई हजार महिलाको ज्यान जाने गरेको छ । क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै १८.७ प्रतिशत रहेको डब्लुएचओको तथ्यांकले देखाएको छ । नेपालमा क्यान्सर रोगको दर डरलाग्दो रहेको स्वास्थ्य मन्त्रालय नै स्विकार गर्छ । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल आईएआरसीको रिपोर्टलाई आधार मान्दा नेपालमा क्यान्सर रोगको बढ्दो दर डरलाग्दो देखिएको बताउँनुहुन्छ । क्यान्सर कन्ट्रोल स्ट्राटेजी बनाउँदै गरेको मन्त्रालय स्क्रनिङको लागि सन् २०२४ मै किशोरीहरुलाई खोप लगाउने तयारी भैरहेको बताउँछ । यता, प्रा.डा. विवेक आचार्यका अनुसार क्यान्सर कसलाई हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने बताउनुहुन्छ । बालबालिका, युवा र ज्येष्ठ नागरिकहरु पनि क्यान्सरबाट पीडित छन् । उमेर र लिंगअनुसार क्यान्सरको प्रकार फरक फरक भएकाले सबै समूहका व्यक्ति लक्षण अनुसार चनाखो बनेर निदानमा लाग्नुपर्ने बताउनुहुन्छ ।

क्यान्सर रोग लाग्नुका विभिन्न कारणहरु छन् । तीमध्ये सुर्तीजन्य पदार्थको सेवन, धूमपान र मध्यपान, अव्यवस्थित जीवनशैली तथा खानपान र वंशाणुगत गुण मुख्य रहेका छन् । विश्व स्वास्थ्य संगठनले बारम्बार सुर्ति, मदिरा, मोटोपन र वायु प्रदूषण क्यान्सर जोखिमको कारण रहेको भन्दै सचेत हुन आह्वान गर्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6