Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडीआईजी चन्दको राजीनामा फिर्ता, १० दिन बिदा बसेर काममा फर्किन महानिरीक्षक कुँवरको सुझाव

डीआईजी चन्दको राजीनामा फिर्ता, १० दिन बिदा बसेर काममा फर्किन महानिरीक्षक कुँवरको सुझाव


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले अस्विकृत गरेको छ । मानव स्रोत विभागमा पुगेको चन्दको राजीनामाको पत्र रितपूर्वक नभएको भन्दै फिर्ता गरिएको हो ।

शनिवार राजिनामाको हल्ला बाहिरिए पनि ‘घरायसी’ कारण देखाउँदै डीआईजी चन्दले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले चन्दसँग छलफल गरेर राजीनामा नदिन आग्रह गर्नुभएको पाइएको छ । २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले निर्णय फिर्ता लिन आग्रह गर्नुभएको थियो । किन कि डीआईजी चन्द कुँवरकै ब्याचमेट हुनुहुन्छ । मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएपछि महानिरीक्षक कुँवरले १० दिन बिदा बसेर आउन आग्रह गर्दै पठाउनुभएको पाइएको छ ।

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि डीआईजी चन्द रुष्ट बन्नुभएको थियो । डीआईजीहरुको सरुवामा प्रदेशको नेतृत्व नपाएको असन्तुष्टि समेत चन्दले राख्दैआउनुभएको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6