Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बैकल्पिक यातायात, राइड सेयरिङ एपलाई दिइयो सेवामूलक उद्योगको मान्यता !

नेपालमा बैकल्पिक यातायात, राइड सेयरिङ एपलाई दिइयो सेवामूलक उद्योगको मान्यता !


काठमाडौं । नेपालमा आनलाईन एपमार्फत सञ्चालित मोटरसाईकल, ट्याक्सीको यातायात सेवाले कानुनी मान्यता पाएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संसोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएर बैधानिक बनाएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत माघ १८ गते नै नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची(८ को क्रमसंख्या ६६ थप गर्दै कानुनी मान्यता दिएको छ । सेवामूलक उद्योगको दर्जा पाएसँगै अब राइड सेयरिङ एपहरू विभागमा दर्ता गर्नुपर्ने हुन्छ। ऐनमा आधारित भई यस्ता कम्पनीहरूले दर्ता गरी सञ्चालन गरेपछि कुनै पनि प्रकारको ऐन विपरीत कार्य भएमा कम्पनीलाई कारवाही गर्न समेत सहज हुने भएको छ। कानुनी मान्यता प्रदान गरेसँगै अब राइड सेयरिङ एपहरूलाई नियमन गर्न समेत सरकारलाई सहज हुने भएको छ ।

औद्योगिक मान्यता पाएका राइड सेयरिङ एपहरूले हालसम्म यातायातको ऐनबाट भने कुनै मान्यता पाएका छैनन्। यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात विधेयक २०८० तयार पारेको भएपनि कानुनी मान्यता पाउन बाँकी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6