Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी कर्मचारीको सरुवा, डीआईजी चन्दले जोगाइदिए जागिर !

अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी कर्मचारीको सरुवा, डीआईजी चन्दले जोगाइदिए जागिर !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै अध्यागमन अधिकृतमाथि हातपात गरेको अभियोग लागेका असईसहित तीन प्रहरी कर्मचारीलाई सरुवा गरेर निलम्बनको सिफारिसलाई रोकिएको छ । असई सञ्जय तामाङ र दुई जना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरेको र यो पनि एक हदको कारबाही भएको प्रहरी अधिकारीहरुले जिकिर गरेका छन् ।

यसअघि अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि हातपात भएपछि गृह मन्त्रालयले गठन गरेको सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको छानविन समितिले असई तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसपछि असन्तुष्ट जनाउँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दले राजीनामा बुझाउनुभएको थियो । विमानस्थल सुरक्षाको नेतृत्व गरेका अधिकृतले आफु मातहतका सुरक्षा कर्मचारीको बचाउमा नैतिकता प्रदर्शन गरेको भन्दै डीआईजी चन्दको प्रशंसा समेत भएको थियो ।

प्रहरी प्रधान कार्यालयसँग छलफल भएपछि डीआई चन्द राजीनामा फिर्ता लिएर काममा फर्किनुभएको छ । छानबिन समितिले कारबाही सिफारिस गरिएका प्रहरी कर्मचारीलाई डीआईजी चन्दले नै पुरस्कृत गरेको भन्दै उनको फेरि पनि प्रशंसा भैरहेको छ । विमानस्थलका कर्मचारी र अध्यागमनका अधिकारीहरु भने प्रहरीको कदमले असन्तुष्ट बनेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6