Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaरंजित साहको नेतृत्वमा मधेशी कम्युनिटी भिक्टोरियाको नयाँ नेतृत्व चयन

रंजित साहको नेतृत्वमा मधेशी कम्युनिटी भिक्टोरियाको नयाँ नेतृत्व चयन

अष्ट्रेलिया भरका मधेशीहरुको एउटै छाता संगठनको पहल सुरु !


मेलवर्न । अष्ट्रेलियास्थित भिक्टोरिया राज्यमा बसोबास गर्ने मधेशीहरुको संगठन मधेशी कम्युनिटी इन भिक्टोरिया (एमसीभी) को अध्यक्षमा रंजित साह चयन हुनुभएको छ । भिक्टोरिया राज्यको राजधानी मेलवर्नमा १७ फेब्रुअरी शनिवारका दिन भएको वार्षिक साधारण सभामार्फत साह सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

अध्यक्ष चयन भएपछि साहले संस्थाको वार्षिक कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्य समितिले थप सामाजिक कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भिक्टोरियामा मधेशी समुदायको उपस्थिती बाक्लिदै गएकोले आफ्नो संस्कृति, परम्परा र चाडपर्वको विशेष कार्यक्रमको आयोजना गर्ने उहाँले बताउनुभयो । संस्थाको उपाध्यक्षमा राजेश जयसवाल, सचिवमा दिपेन्द्र चौधरी र कोषाध्यक्षमा एकता जयसवाल चुनिनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरुमा आर्यन सुरज राउत, संजय कुमार मंडल, राज शर्मा, बाबु यादव, अंकित कुमार सिंह, धिरेन्द्र यादव र संजिव जयसवाल सर्वसम्मतले चुनिनुभएको छ ।

एमसीभीका निवर्तमान अध्यक्ष डा. सुरेन्द्र रौनियारले आफ्नो कार्यकालको उपलब्धि र कार्यगत विवरण प्रस्तुत गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । निवर्तमान कोषाध्यक्ष प्रमोद पटेलले संस्थाको हर–हिसाब विवरण सार्वजनिक गर्नुभएको थियो । विधार्थी संयोजक आर्यन राउतले आफ्नो कार्यकालमा विधार्थीहरुको हकहितको लागि गरेका काम बारे प्रकाश पार्नुभएको थियो ।

अष्ट्रेलियाभरिका मधेशी संगठनको एउटा छाता संगठने पहल
एमसीभीको वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) का अध्यक्ष रंजित साहले अष्ट्रेलिया भरिकै सबै राज्यमा रहेका मधेशीहरुको संस्थालाई एउटै छाता मुनी ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै एन्टा अध्यक्ष साहले सबैलाई समेटेर एउटा एकिकृत संस्था बनाउने योजना सुनाउनुभएको हो । अहिले न्यु साउथ वेल्समा एन्टा, भिक्टोरियामा एमसिभि र क्यानवेरामा रितेश कुमारको नेतृत्वमा मधेशी सोसाइटि इन क्यानवेरा (एमएससी) संस्थाहरु गठन भएर विभिन्न सामुदायिक गतिबिधिमा सक्रिय छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6