Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगैरआवासीय नेपालीको लगानीमा नेपालमा सुरु भयो औषधि उद्योग, सवा अर्ब लगानी

गैरआवासीय नेपालीको लगानीमा नेपालमा सुरु भयो औषधि उद्योग, सवा अर्ब लगानी


काठमाडौं । गैरआवासीय नेपालीको लगानीमा नेपालमा औषधि उद्योग सञ्चालनमा आएको छ । सोमबार विशेष कार्यक्रमका बिच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गैरआवासीय नेपालीको लगानी रहेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

नेपाली उपभोक्ताका लागि युरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गर्नुभएको छ । औषधि उत्पादनको क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको दाबीसहित सभामुख घिमिरेले औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि भएकाले सुधारमा सिंगो राज्यले भुमिका खेल्नुपर्ने बताउनुभयो । दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै सभामुख घिमिरेले विधेयकका कतिपय दफा व्यवसाय प्रवर्द्धनसँग सम्बन्धित रहेको जानकारि गराउनुभयो । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउँदै ओम मेगाश्री फर्मास्युटिकल्सलाई सफलताको शुभकामना दिनुभयो ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित कम्पनीलाई अघि बढाउने बताउनुभयो । सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा सञ्चालित छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6