Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला, अनुसन्धान गर्दै प्रहरी

मृतक महिलाका श्रीमान समेत रुखमा झुण्डिएको अवस्थामा !


काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारि दिनुभएको हो ।

एसपी अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । घटनाको स्थलगत अवस्थाको प्रारम्भिक विश्लेषणपछि प्रहरीले उनीहरुको हत्या भएको आशंका गरेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीहरुसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत पुगेर अनुसन्धान गरिरहेकाले अनुसन्धानबाट थप तथ्य खुल्ने बताइएको छ ।

मृतक महिलाका श्रीमान समेत रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बुका रामप्रसाद सुनार घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए ।

श्रीमति, दुई छोरीको हत्या गरेपछि सुनुवारले आत्महत्या गरेको प्रारम्भिव निष्कर्ष निकालेको छ । सामान्य ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने परिवारमा भएको यो विभत्स घटना बारे थप अनुसन्धान भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6