Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको सिड्नीमा अभानी प्रिमियर लिग आयोजना हुँदै

अष्ट्रेलियाको सिड्नीमा अभानी प्रिमियर लिग आयोजना हुँदै


अष्ट्रेलियामा टी २० फरम्याटमा अभानी प्रिमियर लिग २०२४ आयोजना हुने भएको छ । अभानी रियल स्टेट र अभानी क्रिकेट क्लबको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिडनी सहरमा सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

T20 फरम्याटमा संचालन हुने प्रतियोगीता यही मार्च १० तारिक देखि जुन ३० सम्म सिड्नीको इभर्ली पार्क चेष्टर हिलमा सञ्चालन हुने छ । अभानी क्रिकेट क्लबका संस्थापक सन्जय पाण्डेले क्लब गठनको पाँच महिनाको अवधिमा सर्वाधिक धनरासीको प्रतियोगिता आयोजना गरेर नेपाली कम्युनिटी क्रिकेटको स्तर विकास,विदेशमा रहेर विभिन्न कारणले क्रिकेट खेल्न नसकेका खेलाडीहरुको खेल प्रतिभाको उजागर गर्न खोजिएको जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टिमले १० हजार डलर, उपविजेताले ३ हजार डलर नगद पुरस्कारको साथै मेडल र प्रमाण पत्र पाउने छन् ।

यी हुन खेलमा सहभागी हुने क्लबहरु
Avaani Cricket Club, ExtraTech Cricket Club, The Kangaroo Cricket Club, Royal Khukuri, Amadablam Blazers, Sagarmatha Cricket Club, Warriors Cricket Club र Laliguras Cricket Club

Surge Rule, Ground Rope, Manual Scoring Board लगायतका कुराहरु यो टिट्वान्टी फरम्याटको क्रिकेट प्रतियोगितामा फरक हुने आयोजक अभानी क्रिकेट क्लबले जानकारी दिएको छ । क्लब ब्यवस्थापक विवेक त्रिपाठीले फेब्रुअरी १८ मा पत्रकार सम्मेलन गरेर ट्रफी समेत लञ्च गरिएको जानकारी दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6