Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्ततः भत्कियो सत्ता गठबन्धन, कहाँसम्म जाला प्रचण्ड, ओली अनि रबीको सहकार्य ?

अन्ततः भत्कियो सत्ता गठबन्धन, कहाँसम्म जाला प्रचण्ड, ओली अनि रबीको सहकार्य ?


काठमाडौं । अन्ततः कांग्रेस–माओवादी केन्द्र बीचको बाम लोकतान्त्रिक गठबन्धन भत्किएर सत्ता समिकरण फेरिएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेपछि फेरिएको नयाँ गठबन्धनमा गत वर्ष १० पुसमा बनेकै गठबन्धन दललाई आधार मानेर समीकरण बन्नेछ । तर अहिलेको गठबन्धनमा राजेन्द्र लिङदेन नेतृत्वका राप्रपालाई भने नसमेट्नेगरि भित्रि तयारी भएको छ । फेरिएको गठबन्धनमा ्रबी लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) समेट्ने सहमति एमाले र माओवादी केन्द्र बिच जुटेको छ । रेशम चौधरी नेतृृत्वको नागरिक उन्मुक्ति पार्टी समेत फेरिएको गठबन्धनसँग सकारात्मक देखिएको छ । माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी, सिके राउत नेतृत्वको जनमत पार्टीले निर्णय गर्न बाँकी छ । नयाँ सहमति अनुसार आजै अहिलेका मन्त्रीलाई हटाएर गठबन्धन दलको प्रतिनिधित्व हुनेगरि सानो आकारको मन्त्रिमण्डल गठन हुने बताइएको छ ।

राष्ट्रपति पौडेललाई गराईयो गठबन्धन फेरबदल र मन्त्रिपरिषद् पुनर्गठनको जानकारि
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएको बारे जानकारि गराएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ ।

यसरी हुँदैछ सत्ता सहकार्यको भागबण्डा
राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा नयाँ सहमति खोज्ने, प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउँने बारे समेत एमाले र माओवादी केन्द्रबीच सहमति जुटेको छ । एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिने र बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धन दललाई दिनेबारे प्रारम्भिक छलफल भएको छ । नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेटेर लैजान पहल भएपनि अन्तिम निर्णय भएको छैन ।

प्रधानमन्त्री प्रचण्डका कारण गठबन्धनमा फाटो आएको कांग्रेस निष्कर्ष
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको कोर्ष करेक्सनमा कांग्रेस कारक रहेको बताउँदैगर्दा कांग्रेस पदाधिकारी बैंठकले प्रचण्डको अस्थित व्यवहार कारक भएको निष्कर्ष निकालेको छ । गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा समेत नदिने भएका छन् । अब प्रतिपक्षी भुमिकामा बसेर खरो रुपमा प्रस्तुत हुने रणनीतिमा कांग्रेस रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6