Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभिटामिन बी–१२ को कमीले ज्यान नै जानसक्छ, यसरी स्वस्थ बनौँ !

भिटामिन बी–१२ को कमीले ज्यान नै जानसक्छ, यसरी स्वस्थ बनौँ !


काठमाडौं । भिटामिन बी–१२ को कमीका कारण अहिले विश्वभरका लाखौँ मानिस धेरै स्वास्थ्य समस्या झेल्नुपर्ने अवस्थामा छन् । भिटामिन बी–१२ को कमीले मानसिक स्वास्थ्य समस्या, हृदयरोग र मृत्यु समेत हुनसक्ने जटिल स्वास्थ्य समस्या भोग्नुपरिरहेको छ ।

भिटामिन बी–१२ को कमी साइलेन्ट किलरको रूपमा देखा पर्न सक्ने भन्दै बारम्बार चिकित्सकहरुले सचेत गराउदै आएका छन् । यसको कमीले कुनै पनि उमेर, लिङ्ग वा भौगोलिक स्थानका मानिसलाई असर गर्न सक्ने भन्दै यसरी सचेत गराइएको भएपनि अहिले विश्वभरका लाखौँ लाख मानिस भिटामिन बी–१२ को कमीले समस्यामा छन् । समय\समयमा शरीरमा यसको उपस्थिति जाँच गर्नुपर्ने सुझाब समेत जनस्वास्थ्य विद्हरुले दिने गरेका छन् ।

आखिर के हो त भिटामिन बी–१२ ?
भिटामिन बी–१२ लाई ‘कोबालामिन’ पनि भनिन्छ । यसले स्नायु प्रणाली, रातो रक्तकोषिका निर्माण र डीएनए संश्लेषणसहित धेरै शारीरिक कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । यो मुख्यतया मासुजन्य उत्पादनमा पाइन्छ । यस कारण विशेषगरी शाकाहारीमा यसको कमी बढी देखिने गरेको छ । मासु उपभोग गर्ने व्यक्तिमा पनि बढ्दो उमेर तथा विभिन्न स्वास्थ्य समस्याहरूमा भिटामिन बी–१२ कमी हुनसक्छ । थकान, कमजोरी र चक्कर लाग्ने आदि भिटामिन बी–१२ को कमी हुँदा देखिने प्रारम्भिक लक्षण हुन् । बढी नै मात्रा घटेमा शरीरका अंगहरु सुन्निने, रिंगटा लाग्ने र हिंड्न गाह्रो हुने जस्ता न्युरोलोजिकल लक्षणहरू पनि देखा पर्छन् । यसको दीर्घकालीन कमीले अपरिवर्तनीय स्नायु क्षति, हृदयरोगको जोखिम बढाउन सक्छ । गर्भवती महिलामा यसले भ्रूणको विकाससँग सम्बन्धित समस्या समेत देखापर्ने गरेको छ । हानिकारक एनिमियाको समस्या समेत भिटामिन बी–१२ को कमिबाट हुन्छ ।

यस्ता छन भिटामिन बी–१२ को कमीबाट हुने स्वास्थ्य जोखिम
तिव्र रुपमा सरीरको वजन घट्नु, मुटुको धड्कन तिव्र हुँदै जानु, स्वास फुल्ने समस्या उत्पन्न हुनु, थकान तथा कमजोरी महसुस हुने, कब्जियतको समस्या उत्पन्न हुने, स्मरणशक्ति कमजोर हुने, पाचन क्रियामा गडबडी उत्पन्न हुनु, टाउको दुख्ने समस्या उत्पन्न हुनु, दिसा पातलो हुनु र बारम्बार दिसा लाग्नु, रगतको कमी हुनु, जिउ पहेँलो बन्दै जानु, हृातखुट्टामा झनझनाहट तथा जलन महसुस हुनु, जोर्नी दुख्ने समस्या उत्पन्न हुने

भिटामिन बी–१२ को कमीबाट बच्ने उपायहरु
भिटामिन बी–१२ को महत्त्व र यसको स्रोतको बारेमा सचेतना बढाउनुपर्छ । भिटामिन बी–१२ युक्त खानेकुरा वा सप्लिमेन्टको उपभोग गरेर जोखिमबाट बच्न सकिन्छ । मांशाहारिले मासुजन्य पदार्थको सन्तुलित प्रयोग र शाकाहारीहरूले भिटामिन बी–१२ को वैकल्पिक स्रोतहरू पहिचान गरेर नियमित रूपमा आफ्नो आहारमा समावेश गर्नुपर्छ । प्रतिदिन २ दशमलब ४ माइक्रोग्राम भिटामिन बी १२ सरीरलाई आवश्यक पर्दछ । दुध, दही, अण्डा, मासु, माछाका साथै फलफूल र सागपातमा भिटामिन बी १२ प्रसस्त पाइन्छ । यही अनुसारको सन्तुलित आहारबाट स्वास्थ्य जोखिमबाट बच्न सकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6