Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएण्टाको फागु पुर्णिमा (होली), सिड्नीमा भब्य उत्सव !

एण्टाको फागु पुर्णिमा (होली), सिड्नीमा भब्य उत्सव !


ब्रिजबेन । रङ्गहरुको पर्व फागु पुर्णिमा (होली ) अष्ट्रेलियाको सिड्नीमा धुमधामले मनाइएको छ । अष्ट्रेलियन एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) सोमबार (मार्च २३ तारिख शनिवार ) सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फंग्सन सेन्टरमा एक बिशेस कार्यक्रमसहित भब्य होली पर्व मनाएको हो ।

सन् २००८ मा स्थापना भएको यो सस्थाले नेपालको तराई क्षेत्रमामा मनाईने विभिन्न पर्व र रिति रिवाजलाई अष्ट्रेलियाको नेपाली समुदायमाझ फैल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ । एन्टाका अध्यक्ष रञ्‍जित साहले फागु पुर्णिमा (होली ) पर्वलाई अष्ट्रेलियामा सन् २००९ देखि सस्थागत रुपमा हरेक वर्ष मनाउदै आइएको छ जानकारी दिनुभयो । एन्टाको होली उत्सवमा आपसी प्रेम ,सद्भाव र भाईचाराको अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालीसहित अष्ट्रेलियन समेत झुमेका थिए ।

होली हंगामामा सहभागी हुँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनएका सचिब ज्ञानेन्द्र रेग्मी, ओसियाना रिजनका संयोजक दिनेश पोखरेल,एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष नन्द गुरुङले आफ्नो भाषा ,धर्म र सस्कृति जोगाउन नेपाली सामुदायिक सस्थाहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । नेपाली मौलिकता र सस्कृतिको जगेर्ना गर्न एण्टाले खेलेको भूमिका सह्राहनीय रहेको भन्दै प्रशंसा गरिएको थियोे ।

होलीको कार्यक्रममा नेपालबाट आएका कलाकारहरु अन्नु चौधरी, जगेस ठाकुर र भोजपुरी सुपरस्टार रितेस पाण्डेले गीत संगीत र नृत्य मार्फत् भरपुर मनोरंजन दिएका थिए । जेनिसा गौतमसहितका स्थानीय कलाकारले समेत आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन दिएका थिए । एक आपसमा अबिर लगाएर शुभकामना आदानप्रदान गरिएको थियो भने सहभागीहरु गीतको तालमा रमाएका थिए । करिव ४ सय जनाको होली मेलामा उपस्थिती रहेको आयोजक एन्टाले जानकारी दिएको छ ।

फोटोमा हेरौं होली उत्सव : 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6