Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दा १४ जना प्रहरी नियन्त्रणमा

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दा १४ जना प्रहरी नियन्त्रणमा


काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्दा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि आन्दोलनतर सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित आन्दोलनमा उत्रिएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै युवाहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले आन्दोलनका क्रममा सरकारको ध्यानाकर्षणका लागि विभिन्न मागसहितका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए । रुसी सेनामा भर्ती भई युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।

सरकारलाई खबरदारी गर्न भन्दै गरिएको आन्दोलनमा रुसी सेनामा संलग्न भएर ज्यान गुमाएकाहरुको परिवार र जोखिम मोलेर रुसी सेनामा रहेकाहरुको परिवारका सदस्यहरु समेत सहभागि भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6