Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दा १४ जना प्रहरी नियन्त्रणमा

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दा १४ जना प्रहरी नियन्त्रणमा


काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्दा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि आन्दोलनतर सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित आन्दोलनमा उत्रिएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै युवाहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले आन्दोलनका क्रममा सरकारको ध्यानाकर्षणका लागि विभिन्न मागसहितका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए । रुसी सेनामा भर्ती भई युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।

सरकारलाई खबरदारी गर्न भन्दै गरिएको आन्दोलनमा रुसी सेनामा संलग्न भएर ज्यान गुमाएकाहरुको परिवार र जोखिम मोलेर रुसी सेनामा रहेकाहरुको परिवारका सदस्यहरु समेत सहभागि भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6