Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवसन्त ऋतुमा सगरमाथा चढ्न ५२ जनाले लिए आरोहण अनुमति, ११ जना महिला

वसन्त ऋतुमा सगरमाथा चढ्न ५२ जनाले लिए आरोहण अनुमति, ११ जना महिला


काठमाडौं । वसन्त ऋतुमा सगरमाथा चढ्न भन्दै आइतबारसम्म ५२ जनाले आरोहण अनुमति लिएका छन् । आइतबारसम्म ४ समूहका ५२ आरोहीले सगरमाथा आरोहण अनुमति लिएको पर्यटन विभागले जानकारि दिएको हो ।

सगरमाथा चढ्न अनुमति पाउनेमा ११ महिला रहेका छन् । आइतबारसम्म कुल १३ समूहका १ सय १४ जनाले विभिन्न हिमाल आरोहण अनुमति पाएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति पाउनेहरु छन् । दोस्रो स्थानमा रहेको अन्नपूर्ण प्रथम हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् । अमादब्लम हिमालमा ३ समूहका २३ जना, पुथा हिउँचुलीका लागि सात, हिँउचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएको विभागले जानकारि दिएको छ ।

बुधबारसम्म जारी अनुमतिबाट ८ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागले जानकारि दिएको छ । आरोहण अनुमति लिनेहरु अझ बढ्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6