Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेस र राप्रपाको अवरोधले संसद स्थगित, पेचिलो बन्दै गृहमन्त्री रविको सहकारी काण्ड !

कांग्रेस र राप्रपाको अवरोधले संसद स्थगित, पेचिलो बन्दै गृहमन्त्री रविको सहकारी काण्ड !


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित राप्रपा समेतको अवरोधपछि प्रतिनिधिसभाको बैठकमा स्थगित भएको छ । कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई कुण्ठाको राजनीति नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो- “गृहमनन्त्रीको विषयमा कानूनले कुनै निर्णय दिइसकेको छैन। सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो जवाफ दिइसक्नुभएको छ। त्यो उजुरी भनिएको कुनै व्यक्तिले चौकीमा दिएको मात्रै हो त्यो दर्ता भएको छैन। त्यो प्रायोजित केही पत्रकारहरूलाई लेख्न लगाइएको सूचना मात्रै हो। त्यसमा प्रश्न छ। निष्कर्ष छैन। त्यसको आधारमा पटक पटक गरिएको प्रहारमाथि हाम्रो आपत्ति छ। आउनुस्, कानूनी रूपमा जाऔँ, आउनुस् प्रक्रियागत रूपमा जाऔँ, कति कुण्ठा पाल्नुहुन्छ। त्यसैले यस्तो राजनीति नगर्नुस्।”

यता, गृहमन्त्रीबारे सदनमा प्रधानमन्त्रीले राज्य संयन्त्रले दिएको तथ्य सत्य भएको भन्दै छानवीनको आवश्यकता नपर्ने जवाफ दिनुभएको छ । कांग्रेसलाई सत्ता साझेदार एमालेले सहकारीको समस्या विपक्षमा बस्दा जाग्ने, सत्तामा हुँदा निदाउने विषय नभएको भन्दै अनावश्यक राजनीति नगर्न सुझाव दिएको छ ।०४७ देखिकै भ्रष्टाचार छानबिन गर्ने भए कारबाही गर्ने गरी गरौँ, उम्काउन होइन भन्दै एकीकृत समाजवादका उपाध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र पाण्डेले सदनमा ध्यानाकर्षण गराउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6