Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaउच्चशिक्षाका क्षेत्रमा एसएचई अष्ट्रेलियाको नयाँ सुरुवात, यस्ता छन प्रतिबद्धता !

उच्चशिक्षाका क्षेत्रमा एसएचई अष्ट्रेलियाको नयाँ सुरुवात, यस्ता छन प्रतिबद्धता !


ब्रिजबेन । स्काईलाईन हाईयर एजुकेशन अष्ट्रेलियाले विभिन्न विधाकाे प्राविधिक कक्षासहित आफ्नो उच्च शिक्षाको सेवा थालनी गरेको छ । न्यूसाउथवेल्स पार्लियामेन्टस्थित दि स्ट्रेन्जर फंक्सन रुममा विशेष कार्यक्रम गरेर स्काईलाइन हाईयर एजुकेशन (एसएचई अष्ट्रेलिया) ले आफ्नो सेवाबारे जानकारी गराएको हो ।

गत मार्चबाट नै विद्यार्थी भर्ना खोलेको कलेजले विद्यार्थीहरु, कर्मचारीका साथै एजुकेशन कन्सल्टेन्ट र सञ्चारकर्मीकाबीच संस्थाले उच्चशिक्षा अध्यनको सुरुवात बारे जानकारी गराएको छ । एसएचई अष्ट्रेलियाको तीन सदस्यीय बोर्ड अफ डाईरेक्टर मध्येका एक एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अष्ट्रेलियाको आईटी क्षेत्रमा १७ वर्ष अनुभवी महेन्द्र ओलीले यो संस्थामा नेपाली साझेदारका रुपमा नेतृत्व गर्नुभएको छ । अब उच्चशिक्षा अन्तर्गत व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी, व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी विथ अ स्पेसलाईजेसन ईन साईबर सेक्युरिटी, व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी विथ ए स्पेसलाईजेसन ईन आर्टिफिसियल ईन्टेलिजेन्सको पढाई हुने बताईएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुसमेत पढ्न पाउनेगरि बनाईएका यो कोर्षको फेब्रुअरी, मे र सेप्टेम्बरमा ईन्टेक हुनेछन् ।

एसएचई अष्ट्रेलियाको तीन सदस्यीय बोर्ड अफ डाईरेक्टरमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अष्ट्रेलियाको आईटी क्षेत्रमा १७ वर्ष अनुभवी महेन्द्र ओली, नील ब्रिज, प्रोफेसर क्लाईभ स्मालम्यान रहनुभएकाले यो कलेजले गुणस्तरीय शिक्षा दिने विश्वास गरिएको छ । निर्देशक ओलीले अष्ट्रेलियाको शिक्षा क्षेत्रमा आउने माग अनुसार आगामी दिनमा आईटी बाहेक अन्य विषयमा पनि माष्टर्स र व्याचलरका कोर्षहरु पनि थप्दै जाने जानकारी दिनुभयो ।

कलेजका डीन प्रोफेसर युभेटे ब्लोन्टले अष्ट्रेलियाको आईटी क्षेत्रमा देखिएको अभावलाई सम्बोधन गर्न प्रस्तुत गरिएका कोर्षहरुले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आईटीमै केन्द्रित भएर उच्चशिक्षा दिन लागिपर्ने दाबी गर्दै उहाँले यी कोर्ष गरेपछि विद्यार्थीले अष्ट्रेलियाको लेबर मार्केटमा आफ्नो दह्रो उपस्थिति जनाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उद्घाटन समारोहमा अवसरमा ब्राजिलियन साम्बा डान्सबाट उपस्थितलाई मनोरञ्जन गराइएको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6