Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ सय रूपैयाँ दरको नोटमा चुच्चे नक्सा छाप्ने नेपाल सरकारको निर्णयमा भारतको आपत्ति

सय रूपैयाँ दरको नोटमा चुच्चे नक्सा छाप्ने नेपाल सरकारको निर्णयमा भारतको आपत्ति


काठमाडौं । नेपाल सरकारले सय रूपैयाँ दरको नोटमा चुच्चे नक्सा छाप्ने भन्दै गरेको निर्णयमा छिमेकी भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री डा.एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको भन्दै असन्तुष्टि पोख्नुभएको हो ।

जयशंकरले नेपालको कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने समेत बताउनुभएको छ । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको तर दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा भएको एकतर्फी निर्णयले समस्या समाधान भन्दा बल्झाउने भारतीय विदेशमन्त्री जयशंकरको जिकिर छ । बिहीबार मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति समेत दिइसकेको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला पनि आपत्ति जनाएको थियो । जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएर कार्यान्वयनमा आएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6