Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसय रूपैयाँ दरको नोटमा चुच्चे नक्सा छाप्ने नेपाल सरकारको निर्णयमा भारतको आपत्ति

सय रूपैयाँ दरको नोटमा चुच्चे नक्सा छाप्ने नेपाल सरकारको निर्णयमा भारतको आपत्ति


काठमाडौं । नेपाल सरकारले सय रूपैयाँ दरको नोटमा चुच्चे नक्सा छाप्ने भन्दै गरेको निर्णयमा छिमेकी भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री डा.एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको भन्दै असन्तुष्टि पोख्नुभएको हो ।

जयशंकरले नेपालको कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने समेत बताउनुभएको छ । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको तर दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा भएको एकतर्फी निर्णयले समस्या समाधान भन्दा बल्झाउने भारतीय विदेशमन्त्री जयशंकरको जिकिर छ । बिहीबार मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति समेत दिइसकेको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला पनि आपत्ति जनाएको थियो । जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएर कार्यान्वयनमा आएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6