Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटि–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोली अमेरिका, केही दिनको अभ्यासपछि वेस्ट इन्डिज जाँदै !

टि–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोली अमेरिका, केही दिनको अभ्यासपछि वेस्ट इन्डिज जाँदै !


काठमाडौं । टि–२० विश्वकप २०२४ खेल्नका लागि निस्किएको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ। विश्वकपको तयारीका लागि एक महिनाअगावै नेपाली टोली अमेरिका पुगेको हो।

नेपालले फ्लोरिडामा केही दिन प्रशिक्षण गर्नेछ । यसपछि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा गएर विश्वकप नै हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्नेछ। नेपाली टोली वेस्ट इन्डिजबाट फेरि अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन फर्किने तालिका बनाइएको छ । नेपालले विश्वकपका लागि १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल रहेका छन् । मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक नेपाली टोलीमा रहेका छन् ।

यस्तो छ नेपालको खेल तालिका :
समूह डी मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्नेछ । १२ जुनमा नेपालले श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग वेष्टइण्डिजमा गएर खेल्ने तालिका रहेको छ । नेपालले २०१४ पछि टी–२० विश्वकपमा स्थान बनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6