Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकारको वार्षिक नीति तथा कार्यक्रम आज, संसदीय छानविन समितिको अडानबाट पछि हटेन कांग्रेस

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज, संसदीय छानविन समितिको अडानबाट पछि हटेन कांग्रेस


काठमाडौं । आज सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदन प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा पेश हुँदैछ । अपरान्ह ३ बजे तय संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यसअघिको संसद चल्न नदिने अडानमा केही लचिलो भएसँगै सरकारको तर्फबाट राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने निर्णय गरेको भएपनि यसपछिका कार्यसूची बने अघि नबढ्ने भएका छन् । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कुनै पनि कार्यसूची अगाडि बढ्न नदिने अडानलाई जारी राखेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो ‘छानबिन समिति गठन नगर्दासम्म हामी कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं । यसबाट जे परिणाम उत्पन्न हुन्छ त्यसको जवाफदेहीता सरकारले लिनुपर्छ ।’ कांग्रेस संसदका कुनैपनि प्रक्रिया अघि बढ्न नदिने अडानबाट केही लचिलो बन्दा अब सरकार संसदीय छानविन समितिको मागमा केही लचिलो बन्ने आँकलन समेत गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6