Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaश्रेया गिरी र काजोल सेठिया फोर्ब्सको ३० प्रभावशाली युवाको सूचीमा, यस्तो छ कारण !

श्रेया गिरी र काजोल सेठिया फोर्ब्सको ३० प्रभावशाली युवाको सूचीमा, यस्तो छ कारण !


काठमाडौं । नेपाली युवा अर्थात २८ वर्षीया श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जना प्रभावशाली युवाको सूचीमा पर्नुभएको छ । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा गिरी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा समेटिनुभएको हो ।

लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोरोना महामारिको समयमा मानसिक स्वास्थ्य समस्या व्यहोर्नुभएकी २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुनुहुन्छ। अध्ययन सकेर नेपाल फर्किएपछि गिरीले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेर मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्नुभएको थियो । गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा अहिले पनि मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आइरहेको छ ।

‘ह्याप्पी माइन्ड्स’ ले भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिदैआएको छ । गिरी नेतृत्वको यो संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श उपलब्ध गराउने गरेको छ । मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म सञ्चालन र यसबाट गरेको योगदानकै आधारमा गिरी प्रभावशाली युवाको सूचीमा पर्न सफल हुनुभएको छ ।

यस्तै, २८ वर्षीया काजोल सेठिया ‘द आर्ट्स,आर्ट एण्ड स्टाइल, फूड एण्ड ड्रिंक’ श्रेणीमा सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा पर्नुभएको छ । काजोलले दूध, चीज, दही, बटर, र स्वास्थ्य पूरक उत्पादन गर्ने भेगन डेरीको नेतृत्व गर्नुभएको छ । दोस्रो उद्यमका रुपमा मकालु समेत सञ्चालित छ । सिंगापुरमा इन्जिनियरिङ पढेर नेपाल फर्किनुभएकी सेठियाले पेटा एशियाबाट ‘आउटस्ट्यान्डिङ एक्टिभिष्ट अवार्ड २०१९’ समेत हात पार्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6