Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसदमा निरन्तर कांग्रेसको अबरोध, गृहमन्त्री रविले पोखे यस्तो आक्रोश !

संसदमा निरन्तर कांग्रेसको अबरोध, गृहमन्त्री रविले पोखे यस्तो आक्रोश !


काठमाडौं । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तर अवरोधले छलफल अघि बढ्न सकेको छैन । बिहिबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित भएको छ ।

एकोहोरो संसदीय छानविन समितिको रटान लगाएर संसदमा बोल्न रोकेपछि उपप्रधान एवम् गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले एकपटक संसदमा बोल्न पाउनुपर्ने माग राखेका छन् । उपप्रधान एवम् गृहमन्त्री लामिछानेले बिहीबार समेत नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि एक पटक बोल्न पाउनु पर्ने माग राखेर समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नै लेख्नुभएको छ । नेपाली कांग्रेसका नेताहरुले एकोहोरो दोषि करार गर्दै अनेकन प्रमाणका आधारमा सहकारी घोटालामा संलग्न भएको दाबी गरिरहेका छन् । सहकारी ठगजस्तो गरि सधै प्रश्न उठाइएपछि आक्रोशित बन्नुभएका रविले फेसबुकमा लेख्नुभएको छ, ‘एक पटक बोल्न पाउनु पर्यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ???’

सहकारी काण्डमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लक्षित गर्दै संसदीय समिति छानबिन बनाउन माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आइरहेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुसिए पछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दा सत्तारुढ दलका नेताहरु भने सत्ताबाट बाहिरिनुपर्दाको छट्पटी देखिएको बताइरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6