Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsट्रेकिङ ट्रेल जिरो टू ८८४८ टिम सगरमाथाको चुचुरोमा, नेपालको नयाँ पहिचान स्थापित हुँदै !

ट्रेकिङ ट्रेल जिरो टू ८८४८ टिम सगरमाथाको चुचुरोमा, नेपालको नयाँ पहिचान स्थापित हुँदै !


काठमाडौं । समुद्र सतहदेखि सगरमाथासम्म विश्वकै एक मात्र छोटो दूरीको ट्रेकिङ ट्रेल जिरो टू ८८४८ टिमले सगरमाथा आरोहण सम्पन्न गरेको छ । नेपाललाई विश्वमाझ चिनाउन समुद्र सतहदेखि सगरमाथासम्मको सबैभन्दा छोटो दूरीको विश्वकै एक मात्र ट्रेकिङ ट्रेलको डकुमेन्ट्री टिमले वैशाख ३१ गते सोमबार अर्थात् १३ मे विहान ७ बजेर ५२ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको हो ।

विश्व प्रख्यात आरोही टेण्डी शेर्पाले १६ औं पटकको आरोहण क्रममा वैशाख ३१ गते सोमबार अर्थात् १३ मे विहान ७ बजेर ५२ मिनेटमा जिरो टू ८८४८ को झण्डा सगरमाथाको चुचुरोमा फहराउनु भएको थियो । खोजमूलक यो डकुमेन्ट्रीले विश्वमाझ नेपालको नयाँ पहिचान स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपालको सवैभन्दा होचो स्थान समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको झापाको कचनकवलबाट सुरु भएको यो यात्रा सगरमाथाको चुचुरोमा पुगेर सम्पन्न भएको छ । यससँगै विश्वमाझ समुद्र सतह जिरोदेखि विश्वकै अग्लो चुचुरो ८८४८ सम्मको सवैभन्दा छोटो दूरीको ट्रेकिङ ट्रेल भएको देशका रुपमा समते नेपालको नयाँ पहिचान स्थापित भएको छ । डकुमेन्ट्रीलाई विश्वब्यापि रुपमा अन्तर्राष्ट्रिय माध्यमबाट प्रशारण गरिनेछ र यसबारेका थप जानकारीहरु आमा दब्लम यूटुयुब च्यानलले प्रशारण गर्दै आएको छ ।

ट्रेकिङ ट्रेल जिरो टू ८८४८ टिमले सगरमाथा आरोहणका क्रममा फहराएको सञ्चारकर्मी प्रेम बानियाको जयस्वाभिमान को लोगो

यस योजनाको कन्सेप्ट तयार पार्नेमा सञ्चारकर्मी प्रेम बानियाँ, सफल आरोही विश्व प्रख्यात टेण्डी शेर्पा, निर्देशक निरन्जन पाण्डे, सिनेमाटोग्राफी निर्देशक बलराम बुढाथोकी, विश्व साइकल यात्री पुश्कर शाह, ट्याग नेपालका गोविन्द गुरुङ, एटलान्टा निवासी श्रीराम वाग्ले र गाइड आङकाजी शेर्पासहितको टोली आवद्ध छ । टिममा प्रमुख छाँयाकार उमंग शाही, सहायक छायाँकार केशव निरौला, सुरज गुरुङ, प्रोडक्सन विष्णुप्रसाद मैनाली, सविन न्यौपाने, स्पटः भिजन राजवंशी, ध्वनीः सौरभ ढकाल, वार्डरब माउन्टेन गियर, एसोसियट पार्टनरका रुपमा एमआइसी क्रियसनले भुमिका खेलेका छन् । निर्माण सहयोगीहरुः कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली (आलेक्स) र जय नारायण साह रहनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6