Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘डार्विन हार्ट्स फुटबल क्लब’ अष्ट्रेलिया कप २०२४ को राउन्ड अफ ३२ मा, नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

‘डार्विन हार्ट्स फुटबल क्लब’ अष्ट्रेलिया कप २०२४ को राउन्ड अफ ३२ मा, नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन


ब्रिजबेन । नेपाली मुलका युवा खेलाडी रहेको डार्विन हार्ट्स फुटबल क्लब नर्दन टेरिटोरीमा जारी अष्ट्रेलिया कप २०२४ को राउन्ड अफ ३२ मा पुगेको छ । अष्ट्रेलियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता अस्ट्रेलिया कप २०२४ मा नेपाली मुलको नेतृत्वसहितको डार्विन हार्ट्स फुटबल क्लब ७ सय ७५ क्लबहरुसँगको प्रतिस्पर्धाबाट अन्तिम ३२ मा सुरक्षित हुन सफल भएको हो ।

नेपाली खेलाडी र नेतृत्वमा आधारित डार्विन हार्ट्स फुटबल क्लब “डार्विन ओलम्पिक खेलकुद क्ल” लाई ३–१ ले हराएर फाइनलमा स्थान बनाउँदै उत्तरी च्याम्पियन बनेको क्लबका सदस्य धु्रब कार्कीले नेपालट्युबलाई जानकारि दिनुभयो । अब राउन्ड अफ ३२ को लागि स्थान सुरक्षित भएको क्लबले बाँकी टिमसँग समेत उत्कृष्ठ खेल पस्किने विश्वास गरिएको छ ।

क्लब सदस्य कार्कीले अष्ट्रेलिया वा विश्वका अन्य नेपाली क्लबहरूले राष्ट्रिय लिगमा प्राप्त गरेको यो उपलब्धी सम्भवत पहिलो भएको बताउनुभएको छ । सबै खेलाडी, समर्थक र नेपाली परिवारलाई साथ सहयोगका लागि क्लबले धन्यवाद दिदै खेलाडीलाई थप उर्जासहित मैदान उत्रिन हौसला दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6