Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवैदेशिक रोजगारीका क्रममा तीन वर्षमा ४ हजार ३५ नेपालीको मृत्यु, कुन देशमा कति ?

वैदेशिक रोजगारीका क्रममा तीन वर्षमा ४ हजार ३५ नेपालीको मृत्यु, कुन देशमा कति ?


काठमाडौं । गत तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये ४ हजार ३५ नेपालीले विदेशी भुमिमै ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार,आर्थिक वर्ष २०७७\०७८ देखि २०७९\०८० सम्म ४ हजार ३५ नेपालीले श्रमिकको ज्यान गएको हो ।

पछिल्लो तीन वर्षमा विदेशमा मृत्यु हुने श्रमिकको सङ्ख्यामा केही कमी आएपनि अंगभंग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले औल्याएको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, परिवारिक तनाव,स्थानीय कानूनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेर लगायतका कारणले मृत्यु, अङ्गभङ्ग तथा बिरामी परेको पाइएको छ ।

यस वर्ष ज्यान गुमाएका एक हजार २ सय ५० जनामध्ये मलेशियामा २७ दशमलव ९६ प्रतिशत, साउदी अरबमा २६ दशमलव ३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७ दशमलव ९८ प्रतिशत, कतारमा १७ दशमलव २३ प्रतिशत, कुवेतमा ६ दशमलव ९४ र अन्य देशमा ४ दशमलव ४३ प्रतिशत रहेका छन् । स्वदेशबाट मेडिकल जाँच गरी श्रमको लागि गन्तव्य गएका नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई अस्वाभाविक मान्ने गरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6