Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाले भिसा नदिएका क्रिकेटर सन्दीप वेस्टइण्डिजमा, कस्तो खेल पस्केला नेपालले ?

अमेरिकाले भिसा नदिएका क्रिकेटर सन्दीप वेस्टइण्डिजमा, कस्तो खेल पस्केला नेपालले ?


काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुनेगरि वेस्टइण्डिजमा पुग्नुभएको छ । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काले वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जानकारि गराउनुभएको हो ।

दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेलमा सन्दिपले खेल्नेगरि क्यानले तयारी गरेको छ । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिकामा खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन । यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेर हार व्यहोरेको छ । दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । यो खेलमा समेत सन्दिप रहनेछैनन । सपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्नेगरि क्यानले तयारी गरेको सोमबार एक विज्ञप्ति निकालेर जानकारी गराइएको छ ।

लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् । क्यानले निकालेको विज्ञप्तिमा उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको बताइएको छ । सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानका सचिव खड्काले विज्ञप्तीमार्फत जानकारि गराउनुभएको छ । लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी सगराउँदै क्यानले नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनपनि अनुरोध गरेको छ ।

क्रिकेटर सन्दीप लामिछाने आफैले समेत टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेको जानकारि गराउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दिपले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिनुभएको हो । लामिछानेले सोमबार आफु अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध भएको र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएको समाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6