Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsविमानस्थलका कर्मचारीमाथी अभद्र व्यवहारपछि अष्ट्रेलियाली नेपाली काठमाडौंमा पक्राउ ।

विमानस्थलका कर्मचारीमाथी अभद्र व्यवहारपछि अष्ट्रेलियाली नेपाली काठमाडौंमा पक्राउ ।


काठमाडौ

गैर आवासिय नेपाली संघको विश्व सम्मेलनमा भाग लिन नेपाल गएका एक अष्ट्रेलियाली नेपाली काठमाडौमा समातिएका छन् ।

हुलहुज्जत गर्दै त्रिभुवन विमानस्थल अध्यागमन कार्यलयका महिला कर्मचारीमाथी दुर्व्यवहार गर्दै सिसा तोडफोड गरेपछि नियन्त्रणमा लिईएको अध्यागमन विभागले जनाएको छ ।
अष्ट्रेलियाको पासपोर्टबाहक रमेशकुमार थापा पक्राउ परि थप कानुन प्रकृयाका लागि अध्यागमनको हिरासतमा राखिएको विभागद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

“निज थापाले अध्यागमन कार्यलय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीमाथी अपशब्द प्रयोग गरेको, सम्झाउँदा, बुझाँउदा पनि अटेर गरि अभद्र व्यवहार गरेको र अन्त्यमा कर्मचारीले काम गरिरहेको डेक्सको सिसा समेत फुटाई भय र त्रास देखाएको हुनाले पक्राउ गरिएको” विज्ञप्तीमा उल्लेख छ । अभियुक्त थापा अझै हिरासतमै छन् ।

नेपालीमुलका विदेशीले अध्यागमनमा पटक पटक अभद्र व्यवहार गर्ने गरेको भन्दै अब आईन्दा त्यस्तो नगर्न समेत विभागले अनुरोध गरेको छ।

घटना अक्टोबर १३ तारिख राति साढे ११ बजेतिर भएको विभागले जनाएको छ।

के थियो घटना

क्याथे ड्रागन एयरलाईन्सबाट नेपाल उत्रिएका रमेशकुमार थापाले १५ दिन पर्यटक भिषा लिएका थिए । विमानस्थलमा पर्यटक भिषावाहकका लागि छुट्टै लाईनको व्यवस्था छ ।
त्यस्तै गैर आवासिय नेपालीको भिषा लिएकाहरुका लागि छुट्टै व्यवस्था गरिएको छ ।

नेपाल ट्युबसंग कुरागर्दै अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ राष्ट्रपतिको भ्रमणका कारण विमानस्थल केही घण्टाका लागि बन्द भएर खुलेकाले त्यसदिन राति आगन्तुकको भिडभाड रहेको बताउनुभयो ।

पर्यटकको लाईनमा बसेका थापाले आफुले पनि एनआरएनएको हैसियतमा प्रवेश पाउनुपर्ने माग राखेपछि कर्मचारीसंग विवाद भएको थियो ।

विभागका महानिर्देशकका अनुसार थापाले एनआरएनएको कार्ड नदेखाएपछि समस्या आएको थियो ।

अध्यागमनको हिरासतमा रहेका थापालाई कानुन अनुसार कारवाही र क्षतिपुर्ती भराईने विभागले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6