Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसदीय समिति सक्रिय बन्दै, के होला गृहमन्त्री रविमाथिको सहकारी ठगीको अभियोग ?

संसदीय समिति सक्रिय बन्दै, के होला गृहमन्त्री रविमाथिको सहकारी ठगीको अभियोग ?


काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले आफ्नो जिम्मेवारी अनुसारको कामलाई तिब्रता दिएको छ । पहिलो चरणको छलफल संसदीय समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी र मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्वद्ध निकायमार्फत अघि बढाएको हो ।

विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सम्बन्धित मन्त्री र सम्वद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको वचत रकम दुरुपयोग सम्बन्धि छानविनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको जानकारी दिनुभएको छ । समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरुले लिखित जानकारी समितिमा गराएको आधारमा बाँकी कामलाई तिब्रता दिने विशेष समितिले जनाएको छ । बैठकमा विशेष समितिले दुरुपयोग भएका बचतकर्ताहरुको ५ लाखसम्मको रकम फिर्ता गर्ने सरकारको बजेट सम्बन्धि कार्यक्रम लागू गर्ने बारे समेत छलफल भएको छ ।

सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएको जीबी राई समूहका सूर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी, सुप्रिम, समानता सहारा चितवन, सानो पाइला लगायतका एक दर्ज सहकारीको बचत अपचलन माथी समेत समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्नेछ । गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको घटना बाहिर आउँदा विगतमा ग्यालेक्सी फोरके टीभीका साझेदार समेत रहनुभएका गृहमन्त्री रविकै कारण करिब एक सय करोड सहकारीबाट टेलिभिजनमा लगेर दुरुपयोग गरिएको आरोप झेल्नुपरिरहेको छ ।

उपप्रधान एवम् गृहमन्त्री लामिछाने सहकारीको वचत रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाउँदै छानविनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेपछि एमालेका सांसद थापाको नेतृत्वमा विशेष समिति बनाइएको हो । विशेष समितिले ३ महिना भित्र अध्ययन प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । सोही अनुसार नै छलफल र अध्ययन, खोजको कामलाई निरन्तरता दिने सभापति थापाले बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6