Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभिजिट भिसामा विदेश जानेहरुमाथी विमानस्थलमा कडाइ, यस्तो छ कारण !

भिजिट भिसामा विदेश जानेहरुमाथी विमानस्थलमा कडाइ, यस्तो छ कारण !


काठमाडौं । भिजिट भिसाको दुरुपयोग बढेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा अध्यगमन कार्यालयले भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइदिएको हो ।

अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको गुनासो र कतिपय तथ्यका आधारमा कडाइ गरिएको जानकारि दिनुभयो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये धेरै जना महिला रहेको बताइएको छ । भिजिट भिसाको नाममा मानव तस्करी हुन थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको जानकारि दिदै कार्यालय प्रमुख पन्थीले आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई समस्या नहुने जानकारि दिनुभयो ।

यस्तो छ भिजिट भिसा बारेको नयाँ कार्यविधि
सरकारले पछिल्लोपटक ल्याएको कार्यविधिमा छ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समावेश गर्नुपर्ने भनेको छ । यस्तै, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा त्यो नभएमा कम्तीमा पाँच सय डलर बराबरको नगद सटही भएको प्रमाण भएमा भिजिट भिसामा विदेश जान कुनै समस्या नहुने उल्लेख छ । संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधि बनाइएको छ ।

कतिपयले भिजिट भिसाका मापदण्ड पालना गरेरै प्रक्रिया अघि बढाएपनि कतिपयले दुरुपयोग गरेकाले कडाइ गरेको अध्यागमनले जानकारि दिएको छ । विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख पन्थीले मानव तस्करीको व्यथिति रोक्न भिजिट भिसाका विषयमा अब नयाँ कार्यविधि ल्याउन लागिएको जानकारी समेत दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6