Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटुट्यो प्रचण्ड-ओली पिरती, ९ वर्षपछि प्रतिपक्षमा पुग्दै माओवादी केन्द्र !

टुट्यो प्रचण्ड-ओली पिरती, ९ वर्षपछि प्रतिपक्षमा पुग्दै माओवादी केन्द्र !


काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्नुभएको छ । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले बुधबार साँझ राजीनामा दिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेको हो ।

बुधबार बेलुका पार्टीको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा रहेका एमालेका ८ जना मन्त्रीले राजिनामा बुझाए । ९ वर्षपछि सत्ताबाट प्रतिपक्षी बेञ्चमा पुग्नलाग्नुभएका प्रधानमन्त्री प्रचण्डले राजिनामा बुझ्दा कुनै राजनीतिक प्रतिक्रिया दिनुभएन । ‘मैले एउटा गीत सम्झिरहेको छु- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले… कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले… मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’ यहि प्रतिक्रिया दिनुभएको राजीनामा बुझाउन पुग्नुभएका एमाले मन्त्रीले जानकारी  गराउनुभयो ।

एमाले र कांग्रेस आलोपालो सत्ता चलाउने सहमतिमा पुग्दा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतको सामना गर्ने रणनीति बनाउनुभएको छ । बहुमत गुमाए पनि संबैधानिक व्यवस्था अनुसार अब बढिमा एक महिनासम्म प्रचण्ड सरकार कामचलाउ हैसियतमा रहनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6