Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपामा हलचल : डा. मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त !

रास्वपामा हलचल : डा. मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त !


काठमाडौं । निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सबै जिम्मेवारीबाट पदमुक्त गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट डा. ढकाललाई हटाउने निर्णय गरेको हो ।

अनुशासन आयोगको सिफारिसपछि रास्वपा बैठकले लिएका निर्णय अनुसार डा. ढकाल अब पार्टीमा साधारण सदस्यको हैसियतमा रहनुहुने भएको छ । पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय लिएको जानकारि दिनुभयो । डा.ढकालले केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्ने सुविधा भने पाउनेछन् । पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था रास्वपाको विधानमै गरिएको छ । रास्वपा नेतृ एवम् सोविता गौतमले अनुशासन आयोगको अध्ययन, अनुशन्धानपछिको सिफारिसमा हदैसम्मको कारबाहीको प्रस्तव भएको भएअनुसार सर्वसहमतिमा कारबाही गरिएको जानकारि दिनुभयो । पार्टीको निर्णय चित्त नबुझेमा पुनरावेदनमा जान पाउने ३५ दिने सुविधा डा. ढकालको हकमा सुरक्षित रहेको गौतमले बताउनुभयो ।

इलाम–२ को उपचुनावमा पार्टीका उम्मेदवार मिलन लिम्बुको जमानत जफत हुने अवस्था आएपछी रास्वपाले पार्टीको अवस्था र जनताको अभिमत बुझेर सुद्धिकरण अभियान थाल्ने भन्दै निलम्बित महामन्त्री डा.ढकाललाई देश दौडाहमा पठाएको थियो । देशभरको स्थलगत तथ्य संकलन गरेर काठमाडौं फर्किएका ढकालले समिक्षा प्रतिवेदन पार्टी महामन्त्री रवि लामिछानेलाई बुझाएपछि हलचल मच्चिएको थियो । ढकालले प्रतिवेदनमा सभापति रविको बोलीमा लगाम लगाउनुपर्ने, रोगले थलिएको पार्टीको तत्काल उपचार नथालिए ०८४ सालको निर्वाचनमा साझा बिवेकशिल बन्ने, प्रदेश संरचना खारेजी, ओली–प्रचण्डको सत्ता सहयात्री भन्दा काठमाडौंका मेयर बालेन शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ लगायतको साथ संगत हितकर हुने सुझाब उल्लेख गर्नुभएको थियो । समिक्षा प्रतिवेदनको केन्द्रीय कमिटि बैठकमा छलफल हुँदैगर्दा लाईभको माग राखेर मुखमा कालो टेप टाँसेर बिरोध जनाएपछि कारबाहीको प्रक्रिया अघि बढेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6