Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओलीले लिए चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ, यी हुन २१ सारथीहरु !

ओलीले लिए चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ, यी हुन २१ सारथीहरु !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँगै उनको मन्त्रिपरिषदमा नियुक्त दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरूले सोमबार नै पद तथा गोपनियताको सपथ खाएका छन् ।

ओली मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व भएको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बन्नुभएको छ । कांग्रेस र एमाले बिच भएको आलोपालो सत्ता सहकार्यको सहमति अनुसार पहिलो कार्यकालमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभएको छ । ओली सरकारलाई दुई तिहाई समर्थनको राष्ट्रिय सहमतिको सरकारको ट्याग दिइएको छ । संघ र प्रदेशमा सत्ता भागबण्डाका साथै आवश्यकता अनुसार निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनको एजेण्डामा कांग्रेस र एमाले बिच सहमति जुटेको छ । यद्यपी समानुपातिक समावेशी सिद्धान्त मास्न नपाईने भन्दै माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतको असन्तुष्टि रहदैआएको छ ।

यी हुन प्रधानमन्त्री ओलीका २१ सारथी

प्रकाशमान सिंह : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री

विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा: गुरुङ सुचना प्रविधि तथा सञ्चारमन्त्री

रमेश लेखक: गृहमन्त्री

शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

डा. आरजु देउवा : परराष्ट्रमन्त्री

प्रदीप यादव : खानेपानीमन्त्री

बलराम अधिकारीः भूमि व्यवस्था सहकारी तथा गरिबि निवारणमन्त्री

दामोदर भण्डारीः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री

नवलकिशोर शाहः महिला तथा बालबालिका तथा समाजकल्याणमन्त्री

देवेन्द्र दाहालः भौतिक पूर्वाधार तथा यातायातमन्त्री

तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्यामन्त्री

अजय चौरसियाः कानून, न्याय तथा संसदीय मामिला मन्त्री

बद्रीप्रसाद पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारी : कृषि तथा पशुपन्छि विकासमन्त्री

विद्या भट्टराईः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री

मानवीर राईः रक्षामन्त्री

दिपक खड्काः उर्जा, जलश्रोत तथा सिचाई

राजकुमार गुप्ताः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

ऐनबहादुर शाही ठकुरीः बन तथा वातावरण मन्त्री



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6