Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशका सबै समस्या समाधान गर्न प्रधानमन्त्री बनेको ओलीको दावी, नीजि क्षेत्रसँग सहयोगको आग्रह

देशका सबै समस्या समाधान गर्न प्रधानमन्त्री बनेको ओलीको दावी, नीजि क्षेत्रसँग सहयोगको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका समस्याको समाधान गर्न र सुधार उन्मुख परिवर्तनका लागि नयाँ सरकार गठन भएको जिकिर गर्नुभएको छ । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्नका लागि मात्रै नभएर देशको विकास, सिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकमा बढेको निरासा चिर्न सत्ता नेतृत्वमा आएको बताउनुभएको हो ।

सरकारले निजी क्षेत्रको साथ सहयोग र समर्थन चाहेको भन्दै प्रधानमन्त्री ओलीले सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह समेत गर्नुभएको छ । कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने बताउँदै गलत नीति लिएको बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई उद्योग परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने सुझाब दिनुभयो । विगतका सङ्कुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा सङ्कुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको भन्दै अध्यक्ष अग्रवालले सुधारको खाँचो प्रधानमन्त्री ओली समक्ष औल्याउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6