Monday, 12 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ देशका सबै समस्या समाधान गर्न प्रधानमन्त्री बनेको ओलीको दावी, नीजि क्षेत्रसँग सहयोगको आग्रह

देशका सबै समस्या समाधान गर्न प्रधानमन्त्री बनेको ओलीको दावी, नीजि क्षेत्रसँग सहयोगको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका समस्याको समाधान गर्न र सुधार उन्मुख परिवर्तनका लागि नयाँ सरकार गठन भएको जिकिर गर्नुभएको छ । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्नका लागि मात्रै नभएर देशको विकास, सिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकमा बढेको निरासा चिर्न सत्ता नेतृत्वमा आएको बताउनुभएको हो ।

सरकारले निजी क्षेत्रको साथ सहयोग र समर्थन चाहेको भन्दै प्रधानमन्त्री ओलीले सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह समेत गर्नुभएको छ । कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने बताउँदै गलत नीति लिएको बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई उद्योग परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने सुझाब दिनुभयो । विगतका सङ्कुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा सङ्कुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको भन्दै अध्यक्ष अग्रवालले सुधारको खाँचो प्रधानमन्त्री ओली समक्ष औल्याउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-12' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6