Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News९६ देशका नागरिक श्रम स्वीकृति लिएर नेपालमा, सबैभन्दा बढी चिनियाँ !

९६ देशका नागरिक श्रम स्वीकृति लिएर नेपालमा, सबैभन्दा बढी चिनियाँ !


काठमाडौं । नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिएर ९६ देशका नागरिक कार्यरत रहेको पाइएको छ । विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिदैगर्दा नेपालमा ९६ देशका नागरिक श्रम स्वीकृति लिएर बसोबास गरिरहेको पाइएको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार सबैभन्दा बढी चिनियाँ नागरिक श्रमिकका रुपमा नेपालमा रहेका छन् । नेपालमा सञ्चालित आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने श्रम ऐनमा व्यवस्था रहेको छ । एयरलाइन्स, इलेकट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी श्रमिक कार्यरत छन् । काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा बढी विदेशी कामदारलाई रोजगारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको सङ्ख्या १० प्रतिशतले घटेको छ । सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जनाले कमि आएको सरकारी तथ्यांक छ ।

अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार नौ सय ९४ विदेशीले श्रम स्वीकृति लिएका थिए । गत वर्षको सोहि अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या २ हजार ६८५ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारि दिएको छ । यी मध्ये पनि विदेशी महिला कामदारको सङ्ख्या ३ सय ४९ रहेको छ । २०७९।८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिएका छन् । गत आवमा एक हजार २० नयाँ आवेदकलाई श्रम स्वीकृति दिइदा एक हजार ६६५ जनाको श्रम स्वीकृति नवीकरण भएको थियो ।

यी हुन विदेशी श्रमिक कार्यरत सेवा क्षेत्र
चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, पोली चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, हुवावे टेक्नोलोजी जस्ता प्राविधिक सेवा क्षेत्रमा विदेशी श्रमिकहरु बढी कार्यरत रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6